Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

December 21, 2005

तिम्रो सम्‍झानामा

Filed under: कविता

आज तिम्रो सम्‍झानामा रात पनि भूले मैले ,
प्रेमरोगले सताएर जात पनि भूले मैले,
तिम्रो कोमल मधुर मीठो बोलीमा हराउँदा ,
अतितका तितामीठा बात पनि भूले मैले।
आखाँभरि मनभरि तिमीलाई नै राखिदिदाँ ,
पहाडसरि दु:खकाखात पनि भूले मैले,
तिम्रो साथमा रमाउने सपना देख्‍दा आज ,
अतितमा दिएका आघात पनि भूले मैले ।
तिम्रो एक मुस्‍कानमा आफ्‍नो खुसी फुलाउँदा,
मुटु रेट्‌ने सिसासरी घात पनि भूले मैले,
लडिसक्‍दा पनि तिम्रो साथको आशा राख्‍दा ,
आफन्‍तको सहयोगी हात पनि भूले मैले।।
टंक

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2005/12/21/p-1/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users