Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

January 11, 2006

प्रेयसीको कल्‍पनामा

Filed under: कविता

मेरो माया क्षितिज पारी हिमाली गाँउमा,
चिट्‍ठी मालाई लेख्‍दै होलिन्‌ प्रदेशीको नाँउमा।
भिरपाखा , खोला नाला,भन्‍ज्‍याङतिर लुकामारी खेल्‍दै ,
घाँस दाउरा मेला पात अनेक दु:ख झेल्‍दै।
जादै होलिन्‌ गोठालीमा भेडी चौरी गन्‍दै,
टिप्‍छन्‌ होलि लालिगुँरास मालाई दिने भन्‍दै।
भाका मिलाई, ‘काफल पाक्‍यो’ चरीसंगै गाँउदै होलिन्‌ उनी,
ए प्रदेशी ! कति बस्‍छौ ! छिट्‌टै आउन भनि।
मनको कुरा चिट्‍ठी द्वारा पोख्‍दै होलिन्‌ उनी,
कति राख्‍छौ मलाई कुर्‌याई काहिले आउछौ भनि।
तिमी छैनौ ,गाँउघर सुनसान, कति बस्‍ने कुर्दै,
सम्‍झि सम्‍झि बसेकी छु तिम्रो बाटो हेर्दै ।
साथी संगी गई सके डोली चढ्‌दै रम्‍दै,
कहिले आउछौ ? जन्‍ती लिई लगन साईत जुराई।
दिन गयो ,महिना गयो,वर्ष पनि गयो ,
छिट्‌टै आउछु , भन्‍थ्‍यौनित , ढाँट्‌या ढाट्‍यै भयो।
ए प्रदेशी छिटो आउ भो पर्‍या छैन बस्‍न ,
अत्‍यार मलाई लागि सक्‍यो लगन गाँठो कस्‍न।
मेरो माया क्षितिज पारी हिमाली गाँउमा,
चिट्‍ठी मालाई लेख्‍दै होलिन्‌ प्रदेशीको नाँउमा।
……दिनेश थापा(Korea)

2 Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/01/11/for-lover/trackback/

  1. no any comment

    Comment by suman — January 11, 2006 @ 3:38 pm

  2. no any comment……………………

    ‘धन्‍यबाद ! तर तपाईको comments खाली छ ।’

    Comment by suman — January 11, 2006 @ 3:38 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users