Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

January 17, 2006

मेरो देश नेपाल

Filed under: कविता

चार जात र छत्‍तीस वर्णको साझा फुलबारी नेपाल,
तर खैं के भो ? देशमा कालो बादल छायो भैं रहेछ बेहाल।
चारैं दिशा हत्‍या र हिंसा , गोला बारुद र बम ,
बुद्घि बेलैमा नआए , गृह युद्घ हुन्‍न कम ।

बास्‍ना छैन सयपत्री फुलको, आउछ बारुदको गन्‍ध,
अशान्‍तीको बादल छायो , खैं कहाँ छ शितल पवन मन्‍द मन्‍द ?
आफन्‍तकै रगतले खोस्‍यो लालिगुराँस र लालुपातेको रङ्‍ग ,
सबैलाई पिर,चिन्‍ता छ मनमा , म पनि छु दङ्‍ग ।

शान्‍तीको देश नेपाल हाम्रो , गर्नु परेन कहिल्‍यै गुलामी ,
एक आपसमा लड्‍दा लड्‍दै गर्नु पर्ला अरुलाई सलामी ।
अब अघि बढौ ,छोडौ डर र त्रास, आकाशवाणी भैं रहेछ ,
देश भक्‍तीको भावना जगांऔ हेर , नेपाल आमा रोईरहेछ ।

बनाऔ फेरी देशलाई सारा जगले चिन्‍ने शान्‍तीको देश,
आपसमा लडेर , मरेर के हुन्‍छ ,हुन्‍छनै भने मैं मरिदिन्‍छु वेश।!?
हे ! भगवान देऊ बुद्घि बेलैमा , देऊ बुद्घको उपदेश !
होईन भनें फेरी एउटा बुद्घ पठाईदेऊ यो हाम्रो देश ,
……….. फेरी एउटा बुद्घ पठाईदेऊ यो हाम्रो देश ।।।
टंक सेरचन(S.Korea)

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/01/17/mero-nepal/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users