Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

January 20, 2006

आज यस्‍तो छ,भोलि कस्‍तो होला..??

माघ ६ गते,
सात दलले शुक्रबार राजधानीमा गर्ने विशाल प्रदर्शन रोक्न सरकारले एकाबिहानैदेखि साँझसम्म कर्फ्‍यु लगाएको छ । प्रदर्शन निस्तेज पार्न बिहीबार सयभन्दा बढी नेता कार्यकर्ता गिरफ्तार गरेको छ । दर्जनौं नेताका घर खानतलासी समेत गरेको छ ।
तीन दिनदेखि राति मात्रै कर्फ्‍यु लगाउँदै आएको सरकारले प्रदर्शनका दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्मका लागि कर्फ्‍यु जारी गरेको हो । नेता कार्यकर्ता पक्राउ र खानतलासी गर्नु अघि सरकारले बिहीबार सबेरैदेखि सबै प्रकारका सञ्चार सम्पर्क विच्छेद गराएको थियो । मोबाइल, यूटीएल टेलिफोन अझै विच्छेद छन् भने दूरसञ्चारको टेलिफोन बिहान सवा ८ बजेपछि खोलिएको थियो । पक्राउ पर्नेमा प्रभावशाली नेता, कार्यकर्ता, मानव अधिकारवादी र नागरिक आन्दोलनका अगुवा छन् । सुरक्षाकर्मीको सूचीमा परेका केही नेता तथा कार्यकर्ता भूमिगत छन् । पक्राउ बिहान ४ बजेदेखि साँझसम्म जारी थियो ।
शीर्ष नेताहरूलाई टेलिफोन सम्पर्क विच्छेद गराएर अनौपचारिक नजरबन्दमा राखिएको छ । नजरबन्द राखिएकामा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेलगायत छन् ।
एमाले महासचिव माधवकुमार नेपाल, कांग्रेस सह-महामन्त्री रामशरण महतलगायतको घरमा सुरक्षाफौजले पटकपटक खानतलासी गरेको थियो । सुरक्षा निकायले नेता कार्यकर्तालाई पक्राउ गर्न विभिन्न बहाना बनाएर घर प्रवेश गरेका थिए । कतै पर्खाल नाघेर घरभित्र पस्दै साथी वा कार्यकर्ता हु भनेर नेता कार्यकर्तालाई नियन्त्रणमा लिएका थिए भने कतै गेट कुरेर, प्रातः भ्रमणमा निस्कन लाग्दा गिरफ्तार गरेका थिए । कोही बाहिर जान गाडीमा चढ्न लाग्दा र कोही चिया खाने दूध र पत्रिका लिएर र्फकंदै गर्दा पक्राउ परेका थिए । दलका प्रमुखबाहेक आन्दोलनमा सक्रिय र कार्यकर्ता परिचालन गर्नसक्ने नेतालाई छानिछानी गिरफ्तार गरिएको थियो ।
उपत्यका प्रहरी कार्यालयका अनुसार बिहीबारको अभियानमा नेता, कार्यकर्ता र नागरिक समाजका अगुवासहित १ सय ७ जनालाई पक्राउ गरिएको छ । पार्टीहरूले भने झन्डै डेढ सयको संख्यामा गिरफ्तारी भएको दाबी गरेका छन् ।
गिरफ्तार नेता/कार्यकर्तालाई महाराजगन्जस्थित २ नम्बर गण, प्रहरी प्रतिष्ठान र भक्तपुरको दुवाकोटस्थित गुह्येश्वरी गणमा राखिएको छ । अधिकांशलाई सुरक्ष् ऐनअन्तर्गत हैसियत हेरेर १ देखि ३ महिनासम्म नजरबन्दमा राख्न पुर्जी बुझाइएको छ । जान नमान्नेलाई सुरक्षाकर्मीले पुर्जी काटेरसमेत पक्राउ गरेका थिए ।
यसअघि तीन दिनभित्र सरकारले चक्रपथभित्र सभा, जुलुस गर्न प्रतिबन्ध लगाई तीनै जिल्लामा कर्फ्‍यु लगाएको छ । दलहरूले निर्धारित समयमा कार्यक्रम गरी छोड्ने प्रतिबद्धता दोहोर्‍याएकाले सरकारले शुक्रबार दिनैभरि कर्फ्‍यु आदेश जारी गर्नुपरेको सरकारी स्रोतले जनाएको छ ।
पक्राउ पर्ने नेतामा कांग्रेस महामन्त्री रामचन्द्र पौडेल, मीना पाण्डे, शशांक कोइराला, चक्रप्रसाद बाँस्तोला, खुमबहादुर खडका, बलदेव मजगैयाँसहित ३६ जना छन् । एमालेका प्रदीप नेपाल, ईश्वर पोखरेल, केशव बडाल, भीम रावल, सुवास नेम्बाङ, युवराज कार्की, विद्या भण्डारीसहित ५४ जना छन् ।
कांग्रेस -प्रजातान्त्रिक) कावा सभापति गोपालमान श्रेष्ठ, प्रदीप गिरी, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, उमाकान्त चौधरीसहित १० जना छन् । जनमोर्चा नेपालका उपाध्यक्ष् परी थापा, हरि आचार्य, दीपेन्द्र श्रेष्ठसहित ११ जना र नेमकिपाका प्रेम सुवाल छन् । नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठसहित छन् ।
बिहान एमाले नेता वामदेव गौतमको निवासमा खानतलासी गरी नभेटेपछि महासचिव माधवकुमार नेपालको घरमा आएरसमेत खानतलासी गरिएको थियो । एमाले सदस्य शंकर पोखरेलको घरमा पनि खानतलासी गरिएको थियो । कांग्रेस नेता डा. रामशरण महतको घरमा अहिलेसम्म तीनपटक खानतलासी गरिएको छ । गैरसरकारी संस्था महासंघका अध्यक्ष् अर्जुन कार्कीको घर पनि खानतलासी गरिएको थियो । उहाँ सम्पर्क बाहिर हुनुहुन्छ ।
विद्यार्थी नेतृ रामकुुमारी झाँक्रीलाई एक महिला प्रहरी कोठामा आई ‘म पोखराबाट आएकी रिना खरेल हुँ, भोलिको कार्यक्रम के छ ? उहाँ भएको ठाउँमा लगिदिनु’ भनेर भाइलाई भ’mुक्याएर ठाउँ देखाउन लगाई पक्राउ गरिएको
थियो । त्यस्तै जनमोर्चाका उपाध्यक्ष्ा थापालाई बाग्लुङका लागि बसमा चढ्न आउन लाग्दा गेटमै पक्राउ गरिएको थियो कीर्तिपुर केन्द्रीय क्याम्पसका सभापति विजय राई र उपसभापति भीम श्रीस मर्निङ वाकमा निस्केका बेला पक्राउ परे । बानेश्वर क्याम्पस स्ववियु सचिव नविना लामाको घरमा झ्यालका सिसा फोडेर बिहानै पक्राउ गरिएको थियो ।
एमालेका वामदेव गौतम, शंकर पोखरेल, अखिलका नेताहरू र कांग्रेसका डा. महत, जनमोर्चाका अध्यक्ष् अमिक शेरचन र लीलामणि पोखरेललगायत सम्पर्कबाहिर छन् । कांग्रेस सभापति कोइराला, कृष्ण सिटौला, तीर्थराम डंगोल, भीमसेनदास प्रधानका टेलिफोन काटिएको छ ।
शान्तिपूर्ण आन्दोलनविरुद्ध सरकारी कारवाहीको भत्र्सना गर्दै बिहीबार ४ बजे दलहरूले असन बजारमा सिट्ठी, झ्याली जुुलुुस निकालेका थिए । उनीहरूले शुक्रबार वसन्तपुर जान आह्वान गर्दै जुलुसमा पर्चा वितरण र नाराबाजी पनि गरे ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/01/20/news-11/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users