Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

January 29, 2006

त्रिवि बन्द

काठमाडौं, माघ १५ - त्रिभुवन विश्वविद्यालय प्रशासनले अकस्मात ‘हिउँदे बिदा’ थपेको छ । शनिबार साँझ त्रिवि सूचना शाखाले ‘उपत्यकाभित्रका आंगिक क्याम्पसको हिउँदे बिदा माघ १६ सम्म रहेकोमा विशेष कारणबस माघ २७ गतेसम्म थप गरिएको’ सूचना जारी गरेको छ ।
‘मैले टेलिभिजनमा सुनें,’ विश्वविद्यालय क्याम्पसका पि्रन्सिपल डा. हीराबहादुर महर्जनले भन्नुभयो- ‘बिदा थप्नुको कारण थाहा भएन ।’

कीर्तिपुर क्याम्पसका ३५ विभागसहित शंकरदेव, पद्मकन्या, आरआर, ल, सरस्वती, भक्तपुर, पाटन, महेन्द्ररत्न, मीनभवन, अस्कल, त्रिचन्द्र, इन्जिनियरिङ, मेडिसिनसहितका झन्डै चार दर्जन क्याम्पसमा ५० हजारभन्दा बढी विद्यार्थी छन् । काठमाडौं शिक्षा क्याम्पसका प्रमुख हरिविनोद अधिकारीका अनुसार ५० भन्दा बढी निजीसमेत प्रभावित हुनेछन् ।

‘विश्वविद्यालय क्यालेन्डरअनुसार चल्न सकेको छैन,’ त्रिवि नेविसंघ समितिका अध्यक्ष प्रणयसिंह मुन्नाले भन्नुभयो- ‘यो राजनीतीकरणको हामी खुलेर विरोध गर्नेछौं ।’ अर्का विद्यार्थी नेता प्रदीप पौडेलले विश्वविद्यालय निरंकुशताको ‘मतियार’ बनेको प्रतिक्रिया दिँदै ‘कालो निर्णयविरुद्ध’ आन्दोलनमा उत्रने बताउनुभयो । ‘विश्वविद्यालयमा समेत राजनीतिक पूर्वाग्रह र प्रभाव सहन सकिँदैन,’ प्र्राध्यापक संघका अध्यक्ष भूपति ढकाल ‘कमल’ ले भन्नुभयो ।

‘कथित नगर निर्वाचनको बहानामा विद्यार्थीदेखि डराएर क्याम्पस बन्द गर्नु नालायकी हो,’ अनेरास्ववियुका महासचिव ठाकुर गैरेले भन्नुभयो- ‘निर्णय तत्काल फिर्ता नगरे हामी संयुक्त आन्दोलनमा जानेछौं ।’

नियमित पढाइ हुन नसकेर र पठनपाठनसमेत प्रभावकारी बन्न नसक्दा अत्यन्त न्यून उत्तीर्ण प्रतिशत रहेको विश्वविद्यालयले ‘अरू उपाय अपनाउनुपर्ने’ पूर्वउपकुलपति केदारभक्त माथेमाले बताउनुभयो । ‘विश्वविद्यालयसमेत राजनीतिक प्रभावमा पर्नु उपयुक्त होइन,’ उहाँले भन्नुभयो- ‘यो क्षतिपूर्ति कसले गर्ने जवाफ आउनुपर्छ ।’

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/01/29/news-12/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users