Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

April 18, 2006

माधव नेपाल वापस थुनामा

काठमाडौं, अप्रिल १८-
नेकपा एमालेका महासचिव माधव कुमार नेपाललाई रिहा गर्ने समाचारले आज मुख्य स्थान लिएतापनि नेपाललाई काठमाण्डौ जिल्ला अदालत ल्याउँदा-ल्याउँदैं बिच बाटै फर्काएर वापस सशस्त्र प्रहरीको मुख्यालय ककनी लगिएको छ । नेपाललाई काठमाडौं जिल्ला अदालतको रोहवरमा रिहा गर्ने भनिएको थियो । नेपाललाई महिनौं देखि नजरबन्द र ८ फागुण देखि ककनीमा थुनिएको थियो ।

उता जनआन्दोलन चर्किरहेको बेला राजाले अकस्मात् सुरु गरेको दर्शनभेटको राजनीतिले आज पनि निरन्तरता पाउँदैछ । आज साढे पाँच बजे पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र त्यसको एक घण्टापछि राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले दर्शनभेट पाउँदैछन्।

यसअघि हिजो कृष्णप्रसाद भट्टराई र सूर्यबहादुर थापाले दर्शन भेट पाएका थिए। दर्शनभेट पाउने पूर्व प्रधानमन्त्रीको सूचिमा भए पनि आन्दोलनरत दलका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा भने दरबार नजाने हुनुभएको छ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/04/18/return-back/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users