Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

April 21, 2006

रुसमा चेस च्याम्पियनमा नेपाली प्रथम स्थान

Russia/21 April,
रुसको सोची सहर स्थित दगमिस कम्प्लेक्समा भएको बाह्र वर्षमुनिको रुसी राष्ट्रिय चेस प्रतियोगितामा एघार वर्षिय नेपाली बालक अनिशले सोमबार ‘क्लासिक’ तर्फ प्रथम स्थान ओगटेका छन् भने ‘र्‍यापिड’ तर्फ मंगलबार द्वितीय स्थान सुरक्षित पारेका थिए । आगामी विश्व बुद्धिचाल प्रतियोगिता र युरोपेली राष्ट्रबीचको पूर्व युगोस्लाभिया स्थित चेर्नगोरियामा हुने प्रतिस्पर्धामा उनले रुसको प्रतिनिधित्व गरेर खेल्नेछन् । तर प्रतियोगिताका सहभागी दर्शकलाई भने यो रुसभन्दा केही भिन्न भूगोलको रूपले खुल्दुली ल्याउन सक्नेछ । किनभने आफ्नो उमेर समूहको रुसी उपाधि विजेता अनिश गिरी एघार वर्षिय बालक हुन् । बुद्धिचालका निम्ति विश्वकै अग्रणी मुलुक रुसमा यो सफलता पाउने एघार वर्षिय अनिश सहित करिब एक हजार रुसी बालकहरू ‘अल रसिया युथ च्याम्पियनसिप’ मा भिडेका थिए ।

नेपाली बालक अनिश रुसी खेलाडीका रूपमा प्रतिनिधित्व गर्ने अनिश जापानको साप्पोरोस्थित एक विद्यालयका छात्र हुन् ।जापानको होक्काइडो विश्वविद्यालयमा अनुसन्धानरत डा. सञ्जय गिरी र रुसी आमा ओल्गाका सन्तान अनिश यो सफलता बोकेर यसै साता पढाइलाई निरन्तरता दिन जापान फिर्नेछन् । सात वर्षको उमेरमा आमाले बुद्धिचाल सिकाएपछि केही दिनमै आफ्नी आमालाई समेत पराजित गर्न थालेका अनिशमा रहेको प्रतिभालाई अभिभावकले अघि बढ्न मद्दत गरेका थिए । सफलताले उनीभित्रको प्रतिभाशाली खेलाडी उजागर भए पनि यसलाई सोखकै रूपमा अघि बढाउने अनिशको योजना छ । गत वर्ष यसै प्रतिस्पर्धामा आफ्नो प्रतिभा प्रदर्शन गरेपछि रुसी चेस फेडरेसनको बन्द शिविरका निम्ति उनी छनोटमा परेका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/04/21/nepali-chess-champion/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users