Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

April 24, 2006

प्रतिनिधिसभाको पुर्नस्थापना गर्न सक्ने

काठमाडौ/२४ अप्रिल,

आज जनआन्दोलको १९ औं दिन । देशको स्थिती आज भन्दा भोली झन् बिग्रदै गैंरहेको छ । राजाको दमनले तिव्र रुपलिई रहेको छ । राजाको दमनलाई ‘आगोमा घिउ’ झैं लिएर सात दल सँग हातेमालो गरेर नेपाली जनता आँधी-तुफान झैं राजालाई जडैं देखि उखाली फ्याँक्ने प्रण लिएका छन् । दिन-दिनैं नेपाली आमाका छोरा-छोरीहरु मरिरहेका छन् । देश र राजधानीको कुना कुनामा राजाको दमन भै रहेको छ । आन्दोलनको १८औ दिन भित्रमा १ सय ३० घण्टा कर्फ्यु लागाई सकेको छ । लाठी चार्ज , अश्रु ग्याँस , गोली , दुङ्गा-मुडा त कति हो कति ! कर्फ्युका समयमा प्रेस, विरामी बोक्ने एम्बुलेन्स, मानव अधिकारकर्मीलाई समेत कर्फ्यु पास नदिएर सर्वसाधारणलाई निकै अप्ठ्यारोमा पारेको छ। कयौं लाशहरु बेपत्ता छ गनेर साध्य छैन । गरिब एंव बेरोजगार राष्ट्र नेपाल यस्तो अवस्थामा दैनिक महंगाई खप्नु परेको छ ।

तर अब राजाका दिनहरु गए , जे जति गर्नु थियो सबै गरिसक्यो , नेपाली जनताले सहनुपर्ने सहि सके । अब राजाले एक-एक गरेर जवाफ दिनुपर्छ । भोली केन्द्रिय नेताहरुको नेतृत्वमा लाखौं-लाख जनता राजाको घमण्डलाई तोड्ने दावी भैं सकेको छ । विस्तारैं-विस्तारैं प्रहरी र सुरक्षाकर्मीहरु पनि आन्दोलनमा सरिक हुन लागेको पाईएको छ । व्यापक र गहन बन्दै गएको जनआन्दोलको निकासका रुपमा रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा विचार प्रकट गर्ने अधिबक्ताहरुले प्रतिनिधि सभाको पुर्नस्थापना गर्ने र कसले र कसरी गर्ने भन्ने विषयमा पनि फरक फरक मत प्रकट गरेका छन् । रिपोर्टर्स क्लबका अधिबक्ताहरु र नेपाल वार एसोसियसनका महासचिव माधव बाँस्कोटाले राजनैतिक वा न्यायिक दुवै तरिकाबाट राजाद्वारानै प्रतिनिधि सभाको पुर्नस्थापना हुन सक्ने र यसो गर्न ढिलाई गरे जनआन्दोलन झन गंभीर बन्दै जाने विचार ब्यक्त गरेका छन् । बक्ता सिन्धुनाथ प्याकुरेलले गोलमेच सम्मेलन, अन्तिरम सर्वदलीय सरकार र संविधान सभाको निर्वाचनबाट मात्र अहिलेको समस्याको निकास निस्कने विचार प्रकट गर्नुभयो । अधिबक्ता भीमार्जुन आचार्यका विचारमा भने राजाद्वारा पुर्नस्थापना गरिने प्रतिनिधिसभा कुनै हालतमा स्वीकार्य हुन सक्दैन । यस्तो भए दुर्भाग्य हुने कुरापनि उहाँले बताउनुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/04/24/nepal-1/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users