काठमाडौ/२५ अप्रिल,
राजा बाट हिजो राती भएको प्रतिनिधी सभाको पुर्नस्थापनाको घोषणा पछि नेपाली जनताहरु हिजैं राती सडकमा ‘ यो जीत कसको जनताको ‘ भन्दै खुशीले उफ्रेका थिए। आज राजधानीका विभिन्न स्थानमा शाही घोषणाको समर्थनमा व्यापक प्रदर्शन भइरहेका छ । तर पनि प्रदर्शनका क्रममा राजाविरुद्ध आपत्तिजनक नारा लगाउने कार्य भने रोकिएको छैंन ।
सातदलको आज बिहान ७ बजेदेखि बसेको बैठकमा एमाले महासचिव माधवकुमार नेपाल र नेका प्रजातान्त्रिक सभापति शेरबहादुर देउवाको प्रस्तावमा र ५ दलले समर्थनमा नेका सभापति गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउंने सहमती कायम भएको छ। भने माओवादीलाई तत्काल युद्ध विराम गरी सात राजनीतिक दलसँग भएको १२ बुंदे समझदारीलाई कार्यान्वयन गर्न इमान्दार र गम्भीर भएर प्रस्तुत हुन पनि आह्वान गरेको छ । यसैगरी राजनीतिक दलहरुले मुलुकमा स्थायी शान्ति र सुनिश्चित लोकतन्त्रको दिशामा दृढताका साथ अगाडि बढ्न आग्रह गरेको छ ।
उता प्रतिनिधिसभा पर्नुस्थापना गर्ने सम्बन्धीराजाको घोषणालाई सात राजनीतिक दलले स्वागत गरेपनि विगत दश वर्षे देखि सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीले अस्वीकार गरेको छ। घोषणालाई जनआन्दोलन बीचैमा टुङ्ग्याउने षडयन्त्रका रुपमा टिप्पणी गर्दै सो घोषणामार्फत निरंकुश सत्ता बचाउने चाल-खेल हो भनी माओवादीले टिप्पणी गरेको छ ।