Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

April 27, 2006

माओवादीको तीन महिने युद्धविराम र खुलामञ्चमा आमसभाको घोषणा

काठमाडौ/२७ अप्रिल,

बुधबार मध्यरातमा एकतर्फी रुपमा तीन महिने युद्धविरामको घोषणा गरे लगत्तै भोली पुनर्स्थापित संसदको पहिलो बैठक बस्ने दिन पारेर नेकपा माओवादीले काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। माओवादी स्रोतका अनुसार आमसभालाई भूमिगत दलका भातृ संगठनका नेताहरुले सम्बोधन गर्नुहुनेछ। दलका नेताहरुलाई निशर्त संविधानसभाको निर्वाचनका लागि दबाब दिने उद्देश्यले माओवादीले सो खुला कार्यक्रम गर्न लागेको बुझिएको छ। तर प्रचण्डले पुनर्स्थापीत संसदको शुक्रवार बस्ने पहिलो बैठकले नै सम्बिधान सभाको घोषणा नगरे नाकाबन्दी फेरी लगाइने चेतावनी दिनुभएको छ र उहांले प्रदर्शन, सभा र जनकार्वाही लगायतका विरोध कार्यक्रमहरू यथावत रहने बताउनुभयो।

अस्ति २५ अप्रिलका दिन डा.बाबुराम भट्टराई सँगको अन्तवार्ता सुन्नलाई यहाँ क्लिक गर्नुहोस् नेपाल कम्युनिष्ट पार्टी माओवादी अध्यक्ष प्रचण्डले दिएको प्रेस वक्तव्य यस प्रकार छ-

“लोकतन्त्र शान्ति र अग्रगमनका लागि हाम्रो पार्टीले सात संसदवादी राजनैतिक दलहरुसंग १२-बुँदे समझदारी कायम गर्न तथा समझदारी अनुसार शान्तिपूर्ण जनसंघर्षमा समेत सकि्रय पहल लिएको कुरा सर्वविदितै छ । समझदारी र संघर्षमा भइरहेको संयुक्त पहललाई विश्वास गरेर नै सडकमा जनसमुदायले जनसंघर्षकै इतिहासमा वीरता र सिर्जनशीलताको नयाँ इतिहास रचना गर्‍यो। निशर्त संविधानसभा र गणतन्त्र जनसंघर्षको प्रमुख नारा र आदर्श बन्न पुगेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । नेपालको इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत स्वर्णिम अक्षरमा लेखिने वर्तमान जनसंघर्ष निरंकुशतन्त्रका विरुद्ध सशस्त्र र शान्तिपूर्ण संघर्षको विशिष्ट संश्लेषणका रुपमा अगाडि आएको छ । यो विशिष्टताको गहन अध्ययन विश्लेषण र संश्लेषणको प्रकि्रया वौद्धिक र आम जनताका बीचमा समेत लामो समयसम्म चलिरहेको छ ।

तर अहिले यसलाई सात दलको मात्र संघर्ष भए जस्तो गरी कथित संसदको पूर्नस्थापनाद्वारा जनताले इतिहासमा प्रदर्शन गरेको महान् संश्लेषण र आदर्शलाई अवमूल्यन गर्ने भयानक प्रयत्नहरु भइरहेका छन् । जनसंघर्षको एक प्रमुख शक्ति नेकपा माओवादी लाई संवोधन नै नगरी भएको कथित घोषणा र संझौताभित्र नेपाल र नेपाली जनताको लोकतन्त्र शान्ति र अग्रगमनको महान् पहल र आंकाक्षाका विरुद्ध गंभीर षडयन्त्रका तानाबाना लुकेको कुरा स्पष्ट बुझ्न सकिन्छ ।

हाम्रो पार्टी नेपाल र नेपाली जनताको आधुनिक गणतान्त्रिक चेतनाका विरुद्ध हुने सबै प्रकारका षडयन्त्रसँग जस्तो सुकै मोर्चामा रहेर पनि प्रतिरोध गर्न कहिल्यै पछि पर्ने छैन । अहिले संविधानसभा र लोकतान्त्रिक गणतन्त्रका लागि चलिरहेको जनसंघर्षलाई निरन्तर उर्जाशील राखी एउटा ऐतिहासिक उपलब्धिमा लगेर टुङ्गयाउने गहिरो जिम्मेवारीबोध जनताको शान्तिको आकंक्षाप्रतिको गहिरो प्रतिबद्धता तथा संसदवादी राजनैतिक दलहरुलाई निसर्त संविधानसभाको घोषणा गर्न प्रेरित गर्ने उद्वेश्य समेतमाथि सचेत बन्दै हाम्रो पार्टीले यसै वक्तव्यमार्फत् आजकै मितिदेखि लागू हुने गरी तीन महिनाका लागि पुनः एकपक्षिय युद्धविरामको घोषणा गर्दछ । युद्धविरामको अवधिभर जनमुक्ति सेनाले कुनै आक्रामक फौजी कार्यवाही गर्ने छैन अपितु सकि्रय रक्षाको अवस्थामा रही जनसमुदायको सेवा र शान्तिपूर्ण परिचालन गर्ने काममा सकि्रय रहने छ । हाम्रो पार्टी विश्वास गर्दछ कि हाम्रो यो घोषणाले संविधानसभा लोकतान्त्रिक गणतन्त्र र शान्तिको आकांक्षामा सडकमा पोखिएको जनसागरको उच्च सम्मानमात्र हुने छैन त्यसलाई निरन्तर उर्जाशील राख्दै इतिहासलाई एउटा तात्विक निष्कर्षसम्म पुर्याउनसमेत मद्दत गर्नेछ । हाम्रो हृदय जनताको ह्दयसँग जोडिएको छ । “
अध्यक्ष-
प्रचण्ड

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/04/27/moist-5/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users