Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

May 2, 2006

नेपाल… (छोटकरीमा)

Filed under: इतिहास

2nd May,

१७६८- गोर्खाका शासक र आधुनिक नेपालका निर्माता पृथ्वी नारायण शाहले काठमाण्डौलाई जितेर एकिकृत नेपालको स्थापना ।
१७९२- तिब्बतमा चीन सँग पराजय पछि नेपाल विस्तारमा रोक ।
१८१४-१६- ब्रिटिसहरु सँग युद्ध र सो को समाप्ती पछि संन्धिमा वर्तमान नेपालको सिमा क्षेत्र निर्धारण ।
१८४६- नेपालमा राणा शासनकालको शुरुवात ।
१९५१- राणा शासनकालको समाप्ती र नेपाली कांग्रेस पार्टी द्वारा सरकार गठन ।
१९५३-२९ मई- न्युजीलैडका एडमंड हिलेरी र नेपालका तेन्जिंग शेर्पा द्वारा सगरमाथामा पहिलो पाइला ।
१९५५- नेपाल संयुक्त राष्ट्रसंघको सदस्य ।
१९५९ - नेपालमा बहुदलिय संविधान अपनाइयो ।
१९६०- नेपाली कांग्रेस पार्टीका बी.पी. कोइरालाको चुनावमा जीत तर श्री ५ महेन्द्रले सत्ता नियन्त्रणमा लिएर पार्टी आधारित राजनीति, संसद और संविधानलाई स्थगित ।
१९६२- श्री ५ महेन्द्रको सत्तामा नियन्त्रण र गैर दलिय पंचायतको गठन ।
१९६३- राष्ट्रिय पंचायतको पहिलो चुनाव ।
१९७२- श्री ५ महेन्द्रको निधन पछि श्री ५ बिरेन्द्रको राज्याभिषेक ।
१९८०- बहुदलिय व्यवस्थाको लागि आन्दोलन , कम बहुमतले गर्दा पंचायत व्यवस्था जारी ।
१९८५- नेपाली कांग्रेस पार्टी द्वारा फेरी बहुदलिय व्यवस्थाको लागि आन्दोलन र नयाँ चुनाव बहिष्कार ।
१९९०- प्रजातंत्रको समर्थनमा नेपाली कांग्रेस पार्टी र वामपंथी दलहरुले आन्दोलनको शुरुआत, धेरैं प्रदर्शनकारीहरु पक्राउ र मृत्यु ,अन्तमा जनताको जीत र प्रजातांत्रिक संविधानको स्थापना ।बाँकी भित्र :-
१९९१- प्रजातंत्रको पहिलो चुनाव र नेपाली कांग्रेसका गिरिजा प्रसाद कोइराला नेपालको पहिलो प्रधानमन्त्री पदमा नियुक्त ।
१९९४- अविश्वासको प्रस्तावमा कोइरालाको हार र नयाँ चुनावमा कम्युनिष्ट सरकारको गठन ।
१९९५- कम्युनिष्ट सरकारको पतन र कट्टरवादी वामपंथी दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले राजतन्त्रको समाप्ती र लोकतांत्रिक राष्ट्रको निर्माण लागि गठन को लेकर ग्रामीण क्षेत्र बाट बिद्रोह शुरु ।
१९९७-९८- राजनैंतिक अस्थिरता र पार्टी विभाजनको कारणले शेर बहादुर देउबा,लोकेन्द्र बहादुर चन्द, सूर्य बहादुर थापा र फेरी गठबन्धन सरकारको प्रधानमंत्रीको पदमा गिरिजा प्रसाद कोइरालाको नियुक्त ।
१९९९-२०००- फेरी नयाँ चुनावमा नेपाली कांग्रेस पार्टीको बहुमत र कृष्ण प्रसाद भट्टाराईलाई नयाँ प्रधानमंत्री नियुक्त , नेपाली कांग्रेस पार्टीमा विद्रोह र पुन: कोइराला प्रधानमंत्री नियुक्त ।
२००१- १ जुन- दरबार हत्याकांड , राजकुमार दिपेन्द्र दोषी, धेरैं मदिरापानको आवेगमा महाराज, महारानी र अन्य आफन्तलाई गोली हानी आँफैलाई पनि गोली हानेको प्रमाण ।
२००१- (२-४ जुन)- अचेत राजकुमार दिपेन्द्रलाई राजा घोषित र दिपेन्द्रको मृत्यु पछि ज्ञानेन्द्रलाई महाराज घोषित ।
२००१-(जुलाई-नवंबर)- माओवादी आन्दोलनको तिव्र गतिको कारणले कोइरालाको इस्तिफा र शेर बहादुर देउवाको प्रधानमन्त्री नियुक्ति पछि देउवा द्वारा शान्ती वार्ताको प्रस्ताव , युद्धविराम र वार्ता विफल, युद्धविराम भंग र फेरी युद्ध, राजा द्वारा आपतकालको घोषणा र माओवादीलाई पक्रन आदेश ।
२००२- दक्षिणी भेगमा माओवादी हमलामा हजारौंको मृत्यु र माओवादी विद्रोही द्वारा पाँच दिनको राष्ट्रीयहडतालको आह्वान,संसद भंग , आपतकालको अवधी बढेकोमा राजनितिक विवाद ,नेपाली कांग्रेस पार्टी द्वारा देउबा निष्कासित, देउबा द्वारा अंतरिम सरकारको प्रतिनिधित्व र आपातकाल अवधि थप, राजा द्वारा देउबालाई असक्षम प्रधानमन्त्री घोषित र लोकेन्द्र बहादुर चन्दलाई नयाँ प्रधानमंत्री नियुक्त , चुनाव अनिश्चितकालको लागी स्थगित।
२००३- माओवादी विद्रही र सरकार बिच युद्ध विरामको घोषणा , लोकेन्द्र बहादुर चन्दबाट राजिनामा ,राजा द्वारा सुर्य बहादुर थापा प्रधानमन्त्री नियुक्त , शान्ती वार्ता समाप्ती ।
२००४- नेपाल विश्व व्यापार संघको सदस्यता प्राप्त ,सुर्य बहादुर थापा प्रधानमन्त्री पद बाट राजिनामा , फेरी असक्षम प्रधानमन्त्री घोषित शेर बहादुर देउवालाई प्रधानमन्त्री पद, माओवादीले काठमाण्डौमा नाकाबन्दी, इराकको १२ जना नेपाली बन्धकको हत्या पछि काठमाण्डौमा हिंसक प्रर्दशन ।
२००५- राजाको प्रत्यक्ष शासन र देउवालाई निष्कृय र माओवादी दमनको लागी आपतकालको घोषणा, आपतकालको घोषणाको समाप्ती , पुर्व प्रधानमंत्री देउबालाई भ्रष्टाचारको आरोपमा २ वर्ष जेल , २००३को शान्ती वर्ता समाप्ती पछि चार महिनाको लागी युद्ध विराम, माओवादी र सात दलका नेताहरु मिलेर प्रजातन्त्र बनउन् सहमत ।
२००६- (जनवरी) माओवादीको चार महिने युद्ध विराम समाप्तीको घोषणा , शेर बहादुर देउबा जेल मुक्त , अप्रिलमा राजाको प्रत्यक्ष शासन विरुद्ध सात दलको हडताल र व्यापक प्रर्दशन , राजाको हिंसक दमन , कर्फ्यू, धेरै शहिद, अज्ञात, महंगाई, सम्पुर्ण देशमा अशान्ती, देश- विदेश बाट राजा विरुद्ध प्रदर्शन, अन्तमा राजाको पराजय र सत्ता जनतालाई सुम्पने घोषणा, अंतरिम प्रधानमन्त्रीको लागी नाम दिन् राजाको आव्हानलाई सात दलले अस्विकार,राजा द्वारा प्रतिनिधि सभाको पुर्नस्थापना , सात दलको समर्थनमा फेरी ८५ वर्षिय नेका सभापति गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री, माओवादीको युद्ध विराम पछि खुलामंञ्च लागायत देशको विभिन्न ठाँउमा माओवादी आमसभा बाँकी………..

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/05/02/history-of-nepal/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users