8th May,
नयाँ वर्ष २०६३ सालको आगमनको साथैं नेपालको राजनीतिक गतिविधीहरुले कोल्टे फेर्दै छ। शान्तीको देश नेपाल फेरी शान्तीको बाटो तर्फ लमकदै गैं रहेको नेपाली जनताहरुले अनुभव गर्न थालेका छन् । चारै तिर बाट शान्तिको आभास भै रहेको छ । नेपाली जनताको ठुलो जन-आन्दोलनले ल्याएको यो अवस्थालाई अब सात दल अनि जनता मिलेर देशलाई अगाडी बढाउनु पर्छ । माओवादीको अगाडी बढेको थामिसकेको हात गएका दिनहरु जस्तै छोड्नु हुदैन । आशा गरौं अनेकौ पल्ट प्रधानमन्त्रीको पदमा बस्नु भएका ८५ वर्षिय गिरिजा प्रसाद कोइरालाको पदावधिमा यस पल्ट देशले नयाँ पथमा अगाडी बढ्ने छ ।

दुबै पक्ष बाट भएको युद्ध विराम बाट नै नेपाली जनताहरुले राहत महसुस गरिरहेका छन् । माओवादी विद्रोहका कारण भैरहेको द्वन्दको चपेटामा परी बन्दप्राय भएका रात्रीबसहरू झण्डै ४ वर्षपछि चल्न थाले पछि अहिले हजारौं यात्री लाभान्वित भएका छन्। युद्धविराम अघिसम्म बसहरू निर्धारित समयमै गन्तब्यमा पुग्छन् भनेर ढुक्क हुन नसक्ने अवस्था थियो भने आधा रातमा बीच बाटाको बास पनि यात्रुहरूका लागि निकै कष्टप्रद थियो। सरकार माओवादी युद्धविराम शुरु भए देखि नेपालका ग्रामीण क्षेत्रहरू स्थित माओवादी नियन्त्रणका कतिपय गाउँहरूमा विद्रोहीहरूको गतिविधी कम हुँदै गैरहेको छ। माओवादीहरूले निर्माण गरेका भनिएका आधार इलाकाहरूमा समेत माओवादी छापामारहरूको उपस्थिति देखिएको थिएन। विगतमा विद्रोहीहरूले आश्रय र खानेकुरा मागेर सताउने गरेकोमा युद्धविरामपछि उनिहरू देखा नै नपरेको बताउँदै गाउँलेहरूले प्रसन्नता व्यक्त गरेका छन्।माओवादी अध्यक्ष प्रचण्डको Latest फोटो
नयाँ राजनीतिक घटनाक्रम पछि पहिले भूमिगत रहेका विद्रोही नेता माओवादी अध्यक्ष प्रचण्ड साथै अन्य कार्यकर्ताहरू पनि सार्वजनिक कार्यक्रमहरूमा देखा पर्न थालेका छन्।