11th May,
विश्वका सबै देशका झण्डाहरुले आ-आफ्नो देशको इज्जत, अस्थित्व, प्रकृति आदिहरु दर्शाएको हुन्छ । देशको राष्ट्रिय झण्डाले जुनसुकै बेला सिंगो देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । झण्डा सबैको भित्रि मनले नै स्वीकार गर्ने प्रकारको हुनु पर्छ । जनताले जब झण्डा देख्छन्, छुन्छन्, बोक्छन् त्यसबेला उनीहरुमा आत्मा गौरव हुनु पर्दछ । विश्वको झण्डाको बनावट र अर्थ हेर्दा मुख्य रुपमा उनीहरुको ऐतिहासिक, भौगोलिक, धार्मिक र राष्ट्रिय एकता दर्शाएको पाईन्छ । इस्लाम धर्म मान्ने कट्टर देशहरु साउदी अरब, इराक, अफगानिस्तानको झण्डामा झण्डै शतप्रतिशत एकै धर्म सम्मत झण्डा रहेका पाइन्छ । विश्वमा अस्थित्वमा रहेका झण्डै २ सय मुलुक मध्ये लगभग ८५ प्रतिशत देशका झण्डाहरु भौगोलिक र ऐतिहासिक अर्थका छन् तर्सथ भौगोलिक र ऐतिहासिक अर्थ बोक्ने झण्डाहरु विश्वमा लोकप्रिय छन् ।
हाम्रो देशको झण्डा पनि राम्रै छ। हामी हाम्रो देशको झण्डालाई अत्यन्तै माया र श्रद्धा गछौ। हामी नेपाली हौ भनेर झण्डा बोकेर गौरव गछौ। हामीले राष्ट्रप्रति, झण्डाप्रति दायित्व पुरा गदै आएका छौ । अन्तराष्ट्रिय भाषामा लेखिएका विभिन्न पुस्तकहरुमा हाम्रो देशको झण्डाको ब्याख्या यस प्रकार गरिएको छ :-
Meaning of Nepal’s Flag :-
The flag of Nepal is the only national flag which is not rectangular, being based upon two separate pennants which belonged to rival branches of the Rana dynasty, which formerly ruled the country. The two pennants were first joined in the last century, but it was not adopted as the official flag until 1962, when a constitutional form of government was established.
The moon in the upper part represents the royal house. The sun in the lower part symbolizes a branch of the Rana family, members of which acted as prime ministers until 1961.
अर्थ यस्तो हुन् जान्छ :-
झण्डामा रहेका २ भाग मध्ये चन्द्रमा रहेको माथिल्लो भागले नेपालको शाही परिवार र र्सूय अंकित तल्लो भागले नेपालको राणा शासनकालको प्रतिनिधित्व गर्दछ भनिएको छ । तर यो झण्डाको परिभाषामा सिंगो देश र जनतालाई सम्बोधन छैन । नेपालको झण्डाले पूरानो नेपालको सम्झना, पुरानो शासनकाल एंव राजतन्त्र मात्र झल्काउछ , विज्ञानको हिसाबमा पनि र्सूय टाढा छ र चन्द्रमा नजिक हुन्छ यर्सथ झण्डाको माथिल्लो भागमा र्सूय र तल्लो भागमा चन्द्रमा हुनु पर्दथ्यो । नेपालको झण्डाले निश्चिय नै नेपाल र नेपालीलाई समेट्न सकेको छैन। त्यसैले यस झण्डालाई राष्ट्रिय मान्यता दिलाउन निक्कै गाह्रो पनि भएको थियो । यद्यपी १६ डिसेम्बर १९६२ मा संविधान निर्माणको लहर संगै मान्यता प्रदान गरिएको थियो । आज नेपालको राष्ट्रिय झण्डा बदल्नु पर्ने आवाज उठ्न थालेको छ । यो जायज र स्वभाविक आवाज हो । तर्सथ हामीले नयाँ देशको निर्माण सँगै नयाँ झण्डाको पनि निर्माण गर्नुपर्छ ।
संसारले नेपाललाई सगरमाथाको देश भनेर चिन्दछन्, गौतमबुद्ध जन्मेको देश भनेर चिन्दछन्, वीर गोर्खालीहरुको देश भनेर चिन्दछन्, एक गरिब तर सुन्दर देश भनेर चिन्दछन् । यी मध्ये देशविदेश सबैले सजिल्लै चिन्ने सबैको लागि स्वीकार्य हुने सगरमाथा मात्र हुने सक्ने भएकोले यस पटकको नयाँ नेपाली झण्डामा विश्वको सर्वोच्च शिखर सगरमाथा भएको हनुपर्छ । झण्डा परिवर्तन गर्नु त्यति सजिलो नहुन सक्छ तर हामीले इतिहासबाट देश विदेशको विकास र परिवर्तनबाट शिक्षा लिनै पर्छ । केही समय अघि बुल्गेरिया, अफगानिस्तान र इराकको पनि झण्डा परिवर्तन भएको थियो। रेडक्रशका चिन्ह अर्थात झण्डा परिवर्तन भएको छ । पूर्वी टिमोरको झण्डा भर्खर निर्माण भएको छ । यस्ता परिवर्तनका उद्धारण धेरै पाउन सकिन्छ । राष्ट्रिय झण्डा देशब्यापी बनाउनु पर्ने भएकोले हामीले सरल सजिलो बनाउनु पर्दछ । नेपालको झण्डामा रातो नीलो र सेतो कपडाको आवश्यकता पर्दछ भने प्रस्तावित नेपालको झण्डामा हरियो, नीलो, सेतो, र रातो रङको आवश्यकता पर्दछ । यस प्रस्तावित झण्डाको मुख्य मर्म भनेको देश र जनतालाई सम्बोधन गर्ने । कसैलाई असर नपर्ने, सबैबाट र्सवसम्मत हुन सक्ने निर्विकल्प सगरमाथाको हुन सक्दछ । डिजाइनमा परिवर्तन गरे पनि सगरमाथाको चिन्हलाई चाहि अनिवार्य राख्न सकेमा हाम्रो झण्डा अर्थपुर्ण हुन जानेछ ।
अन्तमा, हामीले ऐतिहासिक नेपालको राष्ट्रिय झण्डालाई स-सम्मानका साथ परिवर्तन गरि नेपालको यस्तो नयाँ राष्ट्रिय झण्डा बनाउनु पर्छ जो निष्पक्ष एंव सम्पुर्ण नेपाल र नेपालीपन अटाउन सकुन् । जसले गर्दा विश्व सामु सधै गौरवको साथ हाम्रो शिर ठाडो बनाउन सकौं ।