इन्डोनेशिया/३१ वैशाख,
इन्डोनेशियाको राजधानी जकार्ता देखि २५० माइल पुर्वको जावा भन्ने ठाँउमा मेरापी नामक पहाडमा ज्वालामुखी विस्फोट भएको खबर छ। शनिवार भएको सो ज्वालामुखी पुर्ण रुपमा विस्फोट हुने आशंमा सरकारले त्याँहा भएको ५००० भन्दा बढि आवादी भएको बस्ती तुरन्त खाली गर्ने आदेशमा धेरैले ठाँउ छोडे पनि अनेकौले सो ठाँउ छोड्न मानेका छैनन् । सुरक्षा अधिकारीहरुको आदेशको बेवास्ता गरि वापस फर्कनेहरुले आफ्नो गाई वस्तु र खेती बालीको हेरचाह गर्ने कोहि नभएको कुरा बताउदै यसपाली त ज्वालामुखी नफट्ने दाबी गर्नुको साथै आँफु सधै चनाखो भएको र मोटरसाइकल तैयार अवस्थामा राखेको कुरा बताउछन् ।
सो पहाडको वरपर रहेको ११ गाँउहरुमा ज्वालामुखी बाट निस्केको धुवाँले दिउँसो पनि अन्धकार फैलेको छ र ज्वालामुखीको मुख बाट लगातार आगोको लपेटा , सानो सानो ढुंगाहरु र लावा निस्कनुको साथै सानो-तिनो धमाकाहरु भै रहेको अधिकारीहरुको भनाई छ र गएको शनिवार सो ज्वालामुखी बाट २७ चोटी धमाका भएको वैज्ञानिकहरुले भनेका छन् तर पनि वैज्ञानिकहरुले सो ज्वालामुखीको विस्फोटले कति असर पार्छ भन्ने कुराको पुष्टी गर्न सकेको छैनन् । सो ज्वालामुखी इन्डोनेशियाको लगभग १०० ओटा सक्रिय ज्वालामुखी मध्ये एक हो र गएको सन् १९९४ मा पनि सो ज्वालामुखी विस्फोट भएको थियो र त्यस बाट ६६ जनाको मृत्यु भएको थियो ।
विविसीको भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोस् 
र अन्य फोटो हेर्नलाई भित्र आउनुहोस् :-
