17th May,
नेपालको सर्वोच्च शिखर सगरमाथामा एडमंड हिलेरी अनि तेन्जीङग् शेर्पाले सन् १९५३को २९ मईमा प्रथम पटक विजय प्राप्ती पछि सगरमाथामा नयाँ-नयाँ कीर्तिमानहरु कायाम गर्ने होडबाजीको एक लहर नै चलेको छ । सबैभन्दा कम समयमा सगरमाथा शिखरमा पुग्ने कीर्तिमान,सबैभन्दा धेरै चोटी सगरमाथामा विजयको कीर्तिमान, कम धेरै उमेरमा सगरमाथामा विजयको कीर्तिमान, सगरमाथा शिखरमा विवाहको कीर्तिमान, हात नभएको मान्छे पनि सगरमाथामा विजयको चाहाना त्यस्तैं-त्यस्तैं, अनेकौ कीर्तिमानहरु छ सगरमाथा विजयको ।
त्यस्तै एक नयाँ कीर्तिमान अझ थपिएको छ । कृत्रिम खुट्टाको सहायतामा सगरमाथामा विजय । हो , न्यूजीलैंडको मार्क इंगलिस आफ्नो कृत्रिम खुट्टाको भरमा सगरमाथामा विजय प्राप्त गरेको समाचारमा आएको छ । ४७ वर्षिय मार्क इंगलिस आफ्नो दुबै खुट्टा (घुडा देखि तल ) १९८२ मा आफ्नै देश न्यूजीलैंडको सबैभन्दा अग्लो शिखर माउंट कुकमा चढ्ने बेलामा गुमाएका थिए । मार्क कृत्रिम खुट्टाको भरमा सगरमाथामा चढ्ने प्रथम व्यक्ति घोषित भएका छन् । आफ्नो सम्पुर्ण जिवन पहाड चढ्नमा नै बिताएका मार्क सगरमाथामा चढ्नु एक विषेश उपलब्धि एंव लक्ष्य प्राप्त भएकोमा सन्तोष व्यक्त गर्दछन् । यस्तो कार्यले नाम कमाउनु भन्दा पनि अरु अपांगहरुलाई हौसला बढ्ने कुरा मार्क बताउछन् ।
मार्क इंगलिसको उक्त सफलतालाई प्रधानमन्त्री हेलेन क्लार्कले शुभकामना व्यक्त गर्नु भएको थियो ।