प्रकाश ओझा जेल मुक्त भए
अपडेट
2 June,
डेढ वर्ष पछि पुनरावेदन अदालत विराटनगरको आदेशमा गायक प्रकाश ओझालाई ४ हजार ५ सय ५० रुपैयाँ धरौटी र ५ हजार रुपैयाँ जरिवाना लिएर ३१ मईमा तारिखमा छोडेको छ । ओझाले आफूमाथि लगाइएका सबै आरोप झुठा रहेको दावी गर्दै आएका छन्। अब ओझाले आँफुमाथि लागेको आरोप मेट्नुको साथैं आफ्नो पुरानो स्थान प्राप्त गर्न तर्फ लाग्नेछन् भन्ने आशा छ ।
११ जेठ,
यौन दुराचारको अभियोगमा झण्डै साढे १ बर्षदेखि विराटनगर स्थित मोरङ कारागारमा सजा काट्दै गरेको गायक तथा हाँस्य कलाकार प्रकाश ओझा चाँडै जेल मुक्त हुने भएका छन्। ओझालाई हिजो इनरुवाको जिल्ला अदालतले सफाई दिए पछि उनी जेल मुक्त हुने भएका छन् ।
अतिनैं चर्चित पप गीत ‘भत्काइ दिन्छु बाख्राको खोर’, ‘ए बाँउ भात खान आँउ..’, ‘ इटहरी बजारैंमा ‘ अनि ‘जाउं कि क्या हो म पनि जिमखाना’ जस्ता चर्चित गीतका गायक जिमखाना त खैं कुन्नि पैसाको लोभले मति बिग्रेर यौन दुराचारको अभियोगमा झण्डै साढे १ बर्ष अघि विराटनगर स्थित मोरङ जेलखानामा गएका थिए । टेलिश्रृङखला तीते करेलीका हाँस्य कलाकार प्रकाश ओझा माथि बालिकासहित ४ जनालाई यौन दुराचार गरेको अभियोग लगाइएको थियो। ओझालाई अश्लिल तस्वीर खिचेर जिउ मास्ने बेच्ने कार्यमा संलग्न भएको, वेश्यावृत्ति गराइएको र बालबालिका सम्बन्धि गरी ३ वटा मुद्दा लागेको थियो।
आशा गरौं ओझा बाट यस्तो कुकार्य आइन्दा नहोस् ।