Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

June 3, 2006

माओवादीको खुलामञ्चमा ऐतिहासिक आमसभा

काठमाडौं/जेठ २०,

दस वर्षदेखि सशस्त्र संघर्ष गर्दै आएको माओवादीले शुक्रबार पहिलो पटक राजधानीको खुलामंञ्चमा माओवादीका १२ भन्दा वढी केन्द्रीय नेताहरूको सहभागितामा अत्यन्तै व्यवस्थित र संयम भएर शान्तिपूर्ण ढंगले विशाल जनसभा गर्‍यो । बेथान, प्रताप र वासु स्मृति बिग्रेडमा कार्यरत प्रायः जनमुक्ति सेना तथा कमान्डहरू उपस्थित थिए । उनीहरूको परिचालन विशेष कमान्डका इन्चार्ज अनन्तले गरिरहेका थिए । केही सञ्चारकर्मी बाहेकले सार्वजनिक रूपमा अनन्तलाई अरूले अनुमान गर्नै सकेनन् । महराले भाषण गरिसक्दा पनि अरू वक्ता छन् भन्दा कोही थप ठूला नेता आउँछन् कि भन्ने शंकामा माओवादी अध्यक्ष प्रचण्ड सभामा आउँछन् कि भन्ने भान धेरैलाई भयो । प्रचण्डको फोटो अंकित राजधानी छाएको पोस्टरले गर्दा धेरैको अनुमानमा यही थियो, प्रचण्ड त आएनन् तर प्रचण्डका बुवा मुक्तिराम दाहाल मञ्चमा आएका थिए ।

पार्टीका जनवर्गीय तथा जातीय संगठनका नेतृत्वहरू उपस्थिति थिए । कार्यक्रमका बीचबीचमा सेन- च्याङ, अनेककोट, प्रतिरोध, अखिल नेपाल तामाङ छारम्हेन्दो सांस्कृतिक परिवारहरूले स्वागत गीत, अपेरा, जनवादी लोक गीत नृत्य, गायन तथा प्रस्तुति गरेका थिए ।

सेनच्याङ नृत्य
माओवादीका सांस्कृतिक कार्यक्रममा ‘सेनच्याङ नृत्य’

जनता एक्कासि सैनिक मञ्च प्रवेश गरेपछि त्यहाँ केही समय तोडफोड हुन लागेको थियो । पछि मञ्चमा पुगेर सिसा फुटाउने दुई जनालाई माओवादीका स्वयंसेवकले समाएका थिए । पछि त्यहाँ कार्यरत नेपाली सेनाहरू कम्ब्याट बर्दीमा माथि मञ्चमा आएर बसेका थिए । मञ्च वरपर पूरै ती माओवादीका निशस्त्र सेनाले घेरा हालेका थिए । उत्तरतिर सेनासँगै बसेर उनीहरूले पानी पिउने, रातो टिसर्ट र कम्ब्याट बर्दीमा रहेका नेपाली सेना, प्रहरीबीच हाँसी-हाँसी गफ गरिरहेका थिए । जुन बेला फोटो खिच्न र सञ्चारकर्मी छेउतिर नखिच्न/नआउन भनी दुवै पक्षले आग्रह गर्थे । बिहान ९ बजेदेखि माओवादीका जनमुक्ति सेनाहरू निशस्त्र रूपमा प्रचण्डको फोटा र हसिया हथौडा अंकित रातो टिसर्टमा ट्राफिक व्यवस्थापनमा चोक-चोकमा खटिएका थिए । केही गाडीमा जनमुक्ति सेनाको दुई बन्दुक क्रस सगरमाथा र माथि तारा अंकित लोगो भएको झन्डा राखेर नगर परिक्रमा गरिरहेका थिए ।

जनआन्दोलनले सिर्जना गरेको खुला राजनीतिक परिवेशमा शान्तिपूर्ण रूपमा राजधानी ओइरिएको लाखौंको जनसागर सहिद मैदानमा समेत नअटेपछि नजिकैको सैनिक मञ्च प्रवेश गरेको थियो । पार्टीहरूले राजधानीमा आयोजना गर्ने कार्यक्रमहरू मध्ये यसरी जनसागर उर्लेको पहिलो घटना हो । सात दल गठबन्धन सरकारसँग शान्तिवार्तामा सरिक भएपछि माओवादीले आयोजना गरेको यो प्रदर्शन उत्तिकै अनुशासित र व्यवस्थित थियो । माओवादीको विशेष केन्द्रीय कमान्डले आयोजना गरेको कार्यक्रममा पाँच हजार स्वयंसेवक परिचालित भएका थिए ।

स्वयंसेवक
परिचालित स्वयंसेवक रातो ड्रेसमा

केन्द्रीय नेताहरूको सम्बोधन रहेको सभामा उनीहरूले आफूहरू शान्ति स्थापनाको प्रस्ताव लिएर गम्भीरताका साथ उपस्थित भएको बताए । संसद् पुनःस्थापना पुरानै संविधानको आधारमा भएकाले त्यसलाई तत्काल भंग गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए । राजतन्त्रले आफ्नो मोर्चाबाट एक कदम पछि हटेको हो र जुनसुकैं बेलामा कुनै पनि षड्यन्त्र हुनें र सो बारे सर्तकता अपनाउने आग्रह गर्नुको साथैं वर्तमान अवस्थालाई सफलतापूर्वक अवतरण बनाउन पहिलो वार्तामा बसेर आचारसंहिता बनाए पनि सत्तापक्षले त्यसको उल्लंघन गरेको आरोप लगाए र वार्ताको टेबुलबाट ढिलो नगरी राजनीतिक रोडम्यापमा जाने कुरा महराले भनें ।

माओवादी पश्चिम केन्द्रीय कमान्डका डिपुटी कमान्डर जनार्दन शर्मा -प्रभाकरले नेपाली सेनाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आदेश नमाने आफ्नो जनमुक्ति सेनाले मान्ने बताए । राजनीतिक सम्मेलन र त्यसबाट बन्ने अन्तरिम सरकारबाट मात्र निष्पक्ष, भयरहित चुनाव हुने उल्लेख गर्दै आत्मसमर्पण गराउन खोज्ने, हतियार बुझाउन लगाएर षड्यन्त्र गर्नेजस्ता आरोप लगाएका थिए ।

कमाण्डर प्रभाकर
प्रधानमंत्रीको आदेश मान्न तैयार कमाण्डर प्रभाकर

वक्ता टोलीहरू १२:१० बजेतिर पद्मकन्या क्याम्पसअघि रहेको अखिल -क्रान्तिकारीको कार्यालय अगाडि बाट हिँडदै गएका थिए । सञ्चारकर्मीहरूलाई व्यवस्थित बनाउन बिहान क्रान्तिकारीकै कार्यालयबाट प्रेस पास र टोपी वितरण गरिएको थियो । प्रेस पास वितरण गर्दा शाही सत्ताका मतियार बनी हण्डी खाएका पत्रिकालाई पास दिइएन ।

प्रेस-पास
पत्रकारहरुलाई प्रेस-पास

देशका विभिन्न भागबाट आएका जनसमुदाय संयमित भएर सभामा सहभागी भएर फर्किएका थिए । दस वर्षसम्म भूमिगत पार्टीले कुन शैलीमा सभा गर्ला भन्ने चौतर्फी जिज्ञासा उठिरहेका बेला सभालाई अत्यन्तै सतर्कता साथ सम्पन्न गरेको थियो । माओवादीले सशस्त्र अभियान सुरु गर्नुअघि यहींबाट आफ्ना मागमा सम्बोधन नभए सशस्त्र संघर्ष गर्ने उद्घोष गरेका थिए ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/06/03/moist-215/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users