Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

June 6, 2006

विश्‍व कप फुटबल एक चर्चा :

जेठ १९ गते,

दुनियाको खेल जगतमा सबभन्दा महत्वपूर्ण प्रतियोगिता मध्ये एक पर्ने अति लोकप्रिय खेल फुटबल र हाल केहि दिन पछि जर्मनीमा शुरु हुन् गैं रहेको ‘विश्‍व कप फुटबल २००६’ को प्रतिक्षा सायद कसैलाई नहोला भन्न मिल्दैन। ३२ वर्ष पछि पुन: एकचोटी आयोजक देश बनेको जर्मनी चार चोटी विश्‍व कप फुटबलको फाइनलमा र तीन चोटी विश्‍व कप विजेता भैं सकेको जर्मनी यस पाली पनि घरेलु मैदान र अघिल्लो पटकको पराजयले दाबेदार टिम मध्ये एक छ । आउनुहोस् एकछिन (FIFA) फेडरेशन इंटरनेशनल डी फ़ुटबल एसोसिएशनको बारे केहि चर्चा गरौ । FIFA को गठन १९०४मा पेरिसमा भए पनि विश्‍व कप फुटबलको शुरुवातको लागी १९२९मा मात्र प्रस्ताव पारित भएको थियो । १९३० देखि अहिले सम्म भएको १६ वटा विश्‍व कप खेलमा मात्र ७ देशको टिम ( ब्राजील पाँच पटक, जर्मनी र इटली तीन-तीन पटक, अर्जन्टीना र उरुग्वे दुई-दुई पटक र फ्राँस एक पटक) विजेता भएको छ । विश्‍व कप फुटबलको एक इतिहास नैं छ, आउनुहोस् एक नजर विश्‍व कप फुटबलको इतिहास लगाऔं :

विश्‍व कप १९३०: सन् १९३०मा पहिलो विश्‍व कप फुटबलको आयोजक गर्ने सुवर्ण अवसर उरुग्वेलाई प्राप्त भएको थियो । पहिलो विश्‍व कप भएकोले क्वालीफाइंग राउण्ड नखेलिकन् सिधैं प्रवेशको आमन्त्रण भए पनि खर्चिलो भएकोले मात्र १३ देशको टिमले खेलमा भाग लिएका थिए भनें फाइनलमा आयोजक राष्ट्र उरुग्वेले अर्जेन्टीनालाई पराजित गरी पहिलो विश्‍व कप फुटबलको विजेता घोषित भएको थियो।

विश्‍व कप १९३४ : इटलीमा भएको १९३४को विश्‍व कपमा १६ देशको टिमले भाग लिएका थिए भनें यसपल्ट विश्‍व कपको लागी क्वालीफाइंग राउण्ड खेल्न परेको थियो र यस खेलमा पुर्व विजेता उरुग्वेले भाग लिएको थिएन र फाइनलमा चेकोस्लोवाकियाको टिमलाई आयोजक टिम इटलीले पराजय गरेर विश्‍व कप हात पारेको थियो ।

विश्‍व कप १९३८ : दोस्रो विश्व युद्धको छाया परेको बेला फ्राँसमा भएको तेस्रो विश्‍व कपमा १५ राष्ट्रको सहभागिता थियो र फाइनलमा हंगरीलाई पराजित गरेर इटलीले लगातार दोस्रो पटक विश्‍व कप विजेता भएको थियो भनें लगभग एक वर्ष पछि दोस्रो विश्‍व युद्ध शुरु भएकोले १२ वर्ष पछि मात्र अर्को विश्‍व कप प्रतियोगिता भएको थियो ।

विश्‍व कप १९५० : दोस्रो विश्‍व युद्धको कारण १२ वर्ष पछि पुन: ब्राजीलमा भएको खेलमा छिमेकी राष्ट्र भारत क्वालीफाई भएर पनि नांगो खुट्टाको कारणले गर्दा FIFAले खेल्न दिएको थिएन र फाइनलमा आयोजक राष्ट्र ब्राजीललाई २-१ ले हराएर उरुग्वे दोस्रो पटक विश्‍व कपको विजेता भएको थियो ।

विश्‍व कप १९५४: विश्‍व कपको ५०औं वर्षिकउत्सवको अवसरमा स्विट्जरलैण्डमा भएको १९५४को विश्‍व कपमा दोस्रो पटक फाइनलमा पुगेको हंगरीलाई जर्मनीले विजय प्राप्‍त गरेको थियो ।

विश्‍व कप १९५८ : ब्राजीलको स्टार खेलाडी पेलेको फुटबल दुनियामा प्रवेश गरेको विश्‍व कप १९५८ स्वीडनमा भएको खेलमा १६ टिमको सहभागिता थियो र पहिलो पटक विश्‍व कप मैंचको प्रसारण T.V.मा गरिएको थियो । फाइनलमा आयोजक टिम स्वीडनलाई पेलेको उत्कृष्ट खेलले ब्राजिललाई प्रथम पटक विश्‍व कपको विजेता बनाएको थियो ।

विश्‍व कप १९६२: चिलीमा भएको १९६२को विश्‍व कप खेलमा ब्राजिलका स्टार खेलाडी पेले पहिलो मैंचमा नैं घाइते भई खेल्न नसकेपनि ‘ह्वाइट पेले’को नाम पाएको एमारिल्डो र गरिंचाको उत्कृष्ट खेलले ब्राजिलले चेकोस्लोवाकियालाई ३-१ले पराजित गरि लगातार दोस्रो पल्ट विश्‍व कप हात पारेको थिए ।

विश्‍व कप १९६६ : इंग्लैंण्डमा भएको १९६६को विश्‍व कपमा स्टार खेलाडी पेलेलाई फाउल र घाइते भएको कारणले खेल बाहिर भए र पेलेले फुटबल नखेल्ने कसम खाएका थिए। खेलको अन्तिममा घरेलु टिम इंग्लैंण्डले जर्मनीलाई पछारेर कप जितेका थिए ।

विश्‍व कप १९७० : मेक्सिकोमा भएको १९७०को विश्‍वकपमा पहिलो पटक रंगिन टेलिभिजनको प्रयोग गरिएको थियो र ब्राजिलका खेलाडी पेलेलें आफ्नो नखेल्ने कसम तोडेर मैदानमा भिडेका थिए जसको फलस्वरुप ब्राजिलले इटलीलाई जितेर तेस्रो पटक विश्‍व कप चुम्ने मौका पाए ।

विश्‍व कप १९७४ : जर्मनी भएको १९७४ को विश्‍व कप फुटबलमा पुर्व विश्‍व कप विजेता ब्राजिलको स्टार खेलाडी पेले पनि खेलेनन् र पुर्वी जर्मनी बाट हार्‍यो र फाइनलमा पुगेको हाँलैंण्डलाई २-१ ले पराजित गरि पश्चिम जर्मनीले दोस्रो पटक विश्‍व कप हात पारेको थियो ।

विश्‍व कप १९७८ : अर्जेन्टिनाले आयोजक गरेको १९७८ को विश्‍व कपमा १६ राष्ट्रको टिमहरुको सहभागिता थियो र यस विश्‍व कपमा पनि आयोजक टिम अर्जेन्टिनाले २-१ ले अघिल्लो पटक फाइनलमा विश्‍व कप चुम्न नसकेको हाँलैंण्डलाई यसपाली पनि विश्‍व कप चुम्ने सपनालाई सपनामैं सिमित पारिदिएको थियो ।

विश्‍व कप १९८२ : स्पेनमा भएको १२औं विश्‍व कप प्रतियोगितामा अर्जेन्टिनाको डिएगो माराडोना जस्ता चर्चित खेलाडीको खेल प्रर्दशन भएपनि फाउलको कारणले माराडोनालाई खेल बाट बाहिरिनु परेको थियो र फाइनलमा १२ वर्ष पछि फेरी एक चोटी इटलीको टिमले दुई पल्ट विश्‍व कप जितेको जर्मनीलाई पराजय गरी तीन पटक विश्‍व कप जित्‍न सफल भएको थियो ।

विश्‍व कप १९८६ : कोलम्बिया हुने भनिएको विश्‍व कप १९८६ सुबिधाहरुको अभाव भएकोले विश्‍व कप १९७० को आयोजक मेक्सिकोले गरेको थियो । यस खेलमा विश्‍व कप १९८२मा पनि खेलेका अर्जेन्टिनाको डिएगो माराडोना चर्चित बनेका थिए र अर्जेन्टिनाले फाइनलमा जर्मनीलाई पराजयको स्वाद चखाई दोस्रो पटक विश्‍व कप हात पारेका थिए ।

विश्‍व कप १९९० : २४ टिमको सहभागिता रहेको विश्‍व कप १९९० इटलीले दोस्रो पटक आयोजना गरेको थियो । फाइनल राउण्डको अन्तिम ५ मिनेटमा अर्जेन्टिना विरुद्ध गोल गरी तीन पटक विश्‍व कप हात पारी ब्राजिलको बराबरीमा आएको थियो ।

विश्‍व कप १९९४ : अमेरिकामा भएको १९९४को विश्‍व कपमा २४ टिमहरुको सहभागिता थियो । अर्जेन्टिनाको विश्‍व चर्चित खेलाडी माराडोनाले दबाई सेवन गरि खेलेकोमा टूर्नामेंट बाटनैं निकालिएको थियो र अमेरिका सँगको खेलमा कोलम्बियाको खेलाडी एस्कोबार आत्मघाती गोल गरेका थिए र स्वदेश फर्के पछि एस्कोबारको हत्या गरिएको थियो भन्ने सुनिन् आएको थियो । यस खेलको फाइनल राउण्डमा बराबर भएकोले पेनाल्टीमा ब्राजिलले इटलीलाई ३-२ ले पराजित गरी विश्‍व कप चौथों पटक जितेर सबभन्दा अगाडी आएको थियो ।

विश्‍व कप १९९८ : ६० वर्ष पछि १९९८मा फ्राँसमा भएको विश्‍व कपमा ३२ टिमहरुको सहभागिता थियो र ब्राजिल र फ्राँसका स्टार खेलाडीहरु रोनाल्डो र जिनेदिन जिदानको जबर्जस्त खेल भएको थियो तर ब्राजिलका रोनाल्डो अलि अस्वस्थ भएकाले जिनेदिन जिदानको अगाडी केहि लागेन र ब्राजिललाई फ्राँसका अगाडी घुट्ना टेक्न बाध्य हुनु परेको थियो र फ्राँसले प्रथम पटक विश्‍व कप जितेको थियो ।

विश्‍व कप २००२ : प्रथम पटक एशियामा भएको विश्‍व कप २००२ एशियाका दुई राष्ट्र कोरिया र जापानले आयोजना गरेका थिए । यस खेलमा न्युँ इन्ट्री पाएको सेनेगलको टिमले पुर्व विजेता फ्राँसलाई जितेर अतिनैं चर्चा पाएको थियो र आयोजक राष्ट्र कोरियाले आफ्नो कला देखाएर सेमिफाइनल सम्म पुगेको थियो र फाइनल खेलमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डोले आफ्नो खुट्टाको जादुई कला देखाएर जर्मनीलाई जितेर ब्राजिललाई पाँचौं पटक विश्‍व कपको उपाधि हात पारेको थियो र यस खेलमा रोनाल्डोलाई अर्को खेलाडी रिवाल्डोले पनि राम्रो साथ दिएका थिए ।

Update : १०जुलाई/२००६…

विश्वकप २००६ : यस पालीको विश्वकप जर्मनीमा भएको थियो । ३२ राष्ट्रको सहभागिता रहेको यस विश्वकप फुटबल
खेलमा धेरै उथल-पुथल भएको थियो । विश्वकप विजेताको दाबेदार टिमहरु ब्राजिल, अर्जेन्टिना र जर्मनी जस्तो टिमहरुलाई पछि पार्दै फाइनलमा, तीन पटक विश्वकप जितिसकेको इटालीलें फ्राँसलाई पेनाल्टी सुट आउटमा जिती आफ्नो खातामा चार वटा विश्वकप जम्मा गरेको थियो । आगामी विश्वकप २०१० को खेल द.अफ्रिकामा हुने भएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/06/06/p-file/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users