7th June,
३ जूनमा जर्मनीको बोन शहरमा आयोजित दोस्रो गैरआवासीय क्षेत्रीय सम्मेलन भएको थियो। सम्मेलनको दोश्रो दिनको तेश्रो चरणको सभामा नेपालबाट निम्त्याइएका युवा नेता गगन थापाले ‘नेपालका युवाहरुले एन.आर.एन.बाट के अपेक्षा राख्दछन्’ शिर्षकमा अभिव्यक्ति दिएका थिए । सभामा सहभागी मध्ये गायीका आनी छोयाङ्क डोल्माले प्रतिक्रिया दिने क्रममा आफू उनका विचारबाट अत्यन्त प्रभावित भई आँसु थाम्न नसकेकी बताइन् । उनले प्रतिक्रियाकै क्रममा भनिन् ‘गगन भाई तपाइँलाई हाम्रो देशको प्रधानमन्त्री बन्ने आशिरबाद दिन्छु’, भन्ने उनको प्रस्तावलाई सभाको मन्चमा बसीरहेका गगनले आशिर्वाद स्वरुप ग्रहण गर्दै दुई हात जोडेर हार्दिकताका साथ स्वीकारेका थिए । त्यसो त त्यहाँ आनी मात्र रोएका थिएनन्, अरु सहभागीहरुको पनि गहभरी आँसु टिल्पिएका थिए । आनी मात्र होइन अन्य दुई एन.आर.एन.का प्रतिनिधिले पनि त्यहीँ आशय दोहोर्याएका थिए । जनआन्दोलनले ल्याएको परिवर्तनपछिको राजनैतिक विकाशक्रम, लोकतन्त्रको संस्थागत विकाश, दीगो शान्ति र देशको पुनर्निर्माणमा एन.आर.एन.को भूमीकाको विषयमा युवा नेता गगनले मन्तब्य दिए पछि सबै सहभागीहरु अत्यन्त गम्भीर भएका थिए । दलीय राजनीति भन्दा एक तहमाथि उठी राष्ट्रियताको सवालमा व्यक्त गरेका गगनका विचारले सबैलाई एक ढिका भई राष्ट्र निर्माणमा योगदान दिनु पर्दछ भन्ने गतीलो सन्देश दिएको थियो ।