Update आयोजक राष्ट्र जर्मनीले स्विडेनलाई खेल शुरु भएको १२ मिनेट भित्रमैं २ गोल गरी २:०ले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
24th June,
फिंफा विश्व कप २००२ कोरिया/जापानमा राम्रो प्रर्दशन गरी सेमीफाइनल सम्म पुग्न सफल आयोजक राष्ट्र कोरिया हिजो भएको स्विट्जरलैंण्ड सँग खेलमा २-० ले पराजित भए पछि कोरियाको सपना टुटेको छ । एशिया बाट नैं आशा लिएर खेलमा अगाडी आएको कोरिया हिजोको पराजित पछि दोस्रो चरणमा समेत ठाँउ पाएन र विश्व कप बाट नैं बाहिरिएको छ । स्विट्जरलैंण्डको फिलिप सेन्डरॉस २३औं मिनटमा गरेको हेडर गोल र ७७औं मिनटमा एलेक्जेण्डर फ्राईको विवादित गोलले कोरियाको सपना टुटेको थियो ।
कोरियाको प्रत्येक खेललाई कोरियाको राजधानी स्थित City Hall भन्ने ठाँउमा लाइभ प्रशारण गरिदैं आएको थियो । हिजो म सहित मेरा एक जना साथी पुष्पराज डंगोल त्यहाँ गएका थियौं । खेल कोरिया समय अनुसार २४ जुनको बिहान ४:०० बजें शुरू भएको थियो, हामी त्यो तारिखमा रातीको १२:०० नैं पुगेका थियौ तर पनि बस्न् ठाँउ त के उभिने ठाँउ पनि थिएन । त्यहाँ स्वदेशी मात्र नभई विदेशीहरु पनि उपस्थित थिए। खेल शुरु हुने बेलामा अध्यारो भएकोले फोटो खेलको अन्तमा मात्र केहि फोटो खिचेको छु साथीले भिडियो पनि खिचेको थिए तर खैं के नमिलेर १० मिनेटको भिडियोको साइज पनि ५८०MB को भएकोले राख्न मिलेन पछि Try गर्ने छुँ । खेल समाप्त भए पछिका केहि फोटोहरु तल राख्दैं छुँ ।






अनि आज बाट दोस्रो चरणको खेल जर्मनी र स्वीडेन बीच र अर्जेन्टिना र मेक्सिको बीच हुनेछ । विस्तृत जानकारीको लागी यहाँ क्लिक गर्नुहोस् । खेलको Highlights भिडियो हेर्न लागी यहाँ क्लिक गर्नुहोस् ।
बाँकी समय तालिका तल :
जुन २३ सम्मको खेल नतिजा
युक्रेन १ : ट्युनिसिया ०
साउदि ० : स्पेन १
स्विस २ : कोरिया ०
टोगो ० : फ्रान्स २
जुन २२ को खेल नतिजा
चेक १ : इटाली २
घाना २ : युएसए १
जापान १ : ब्राजिल ४
क्रोयसिया २ : अस्ट्रेलिया २
जुन २१ को खेल नतिजा
पोर्चुगल २ : मेक्सिको १
इरान १ :एन्गोला १
हल्यान्ड ० :अर्जेन्टिना ०
अइभोरी कोस्ट ३ : मोन्टेनेग्रो २
जुन २० को खेल नतिजा
इक्वेडर ० : जर्मनी ३
कोस्टारिका १ : पोल्याण्ड २
स्वेडेन २ : इङल्यान्ड २
पाराग्वे २ : ट्रिनिडाड ०
जुन १९ को खेलको नतिजा
टोगो ० : स्विस २
साउदी ० : युक्रेन ४
स्पेन ३ : ट्युनिसिया १
जुन १८ को खेल नतिजा
जापान ० : क्रोसिया ०
ब्राजिल २ : अस्ट्रेलिया ०
फ्रान्स १ : कोरीया १
जुन १७ को खेल नतिजा
इटाली १ : यु.एस.ए. १
चेक ० : घाना २
पोर्चुगल २ : इरान ०
जुन १६ को खेल नतिजा
अर्जेन्टिना ६ : मोन्टेनेग्रो ०
नेदरल्यान्ड २ : अइभोरी १
मेक्सिको ० : एन्गोला ०
जुन १५ को खेल नतिजा
इक्वेडर ३ : कोस्टारिका ०
इङल्यान्ड २ : ट्रिनिडार्ड ०
स्वेडेन १ : पाराग्वे ०
जुन १४ को खेल नतिजा
स्पेन ४ : युक्रेन ०
ट्युनिसिया २ : साउदी अरब २
जर्मनी १ : पोल्यान्ड ०
जुन १३ को खेल नतिजा
कोरिया २ : टोगो १
फ्रान्स ० : स्विजरल्यान्ड ०
ब्राजिल १ : क्रोयसिया ०
जुन १२ को खेल नतिजा
अस्ट्रेलिया ३ : जापान १
यु एस १ : चेक ३
इटाली २ : घाना ०
जुन ११ का खेल नतिजा
नेडरल्यान्ड १ : सर्भिया ०
मेक्सिको ३ : इरान १
एन्गोला ० : पोर्चुगल १
जुन १० का खेल नतिजा
इङल्यान्ड १ : पाराग्वे ०
ट्रिनिडाड ० : स्वेडेन ०
अर्जेन्टिना २ : आइ.कोस्ट १
जुन ९ का खेल नतिजा
जर्मनी ४ : कोस्टारिकाविरुद्ध २
इक्वेडर २ : पोल्याण्ड ०