अषाढ/१३ गतें,
कठोर मुटु, पत्थर मुर्ति, न भगवान न अल्हामा छु ,
जित्न हिंडेको संसार म, आमा तिम्रै आशिषमा छु ।।
मेरी प्यारी सान्नानीलाई, पिर नमानी बस्न भन्नु,
सुखका ती दिन साथै, लिई आउने कोशिसमा छु ।
न्यास्रो लाए आँगनीमा, निस्कीएर हेर्नुस् आमा,
गोधुली की क्षितिज पारी, त्यतैं कतै झिसमिसमा छु ।
बुढ्यौलीमा तिम्रा पनि, आँखा कमजोर भए होलान्,
नियालेर हेर्नुस् फोटो, साथी-भाईकैं छिसमिसमा छु ।
गोली लागेनी पोल्दैन् छाती, ढुक्क भए हुन्छ आमा,
म त हरेक पल-पल केवल, तिम्रै धड्कन शतिसमा छु ।।
चुट्किला
कंजुस
एउटा कन्जुसहरुको घरमा बाबु मरे पछि अन्तिम क्रिया गर्न शव लैजाने विषयमा छोराहरु छलफल गर्दै थिए।
पहिलो छोरा : शव बाहनमा लैजानुपर्ला ।
दोस्रो छोरा : ठेलागाडामा लगे पनि भईहाल्छ नि !
तेस्रो छोरा : मर्ने मरिहाल्यो बाँधेर घिस्याउदै लैजाउँन ।
छोराहरुको कुरा सुनेर असहृय भएको शव जुरुक्क उठेर भन्यो ‘धत्तेरिका कन्जुसहरु ! खैं मेरो जुत्ता र टोपी ल्याउ म आफै हिँडेर जान्छु ।’
समाचार
रातको एक बज्यो पत्रिका तयार भयो तर अलिकति ठाउँ बाँकी रह्यो त्यो ठाउँ भर्न कुनै पनि समाचार नभएपछि समाचार सम्पादकले मुख्य सम्पादकलाई घरमा फोन गर्यो ।
उताबाट आवाज आयो ‘ठीक छ न्यूरोडमा आज एक व्यक्तीलाई मोटरले किच्यो भनेर लेख ।
समाचार सम्पादक : अझै ठाउँ बाँकी रह्यो ।
मुख्य सम्पादक : त्यसो भए अस्पतालमा पुग्दा नपुग्दै उसको मृत्यु भयो भनेर जोडिदेउ ।
समाचार सम्पादक : एक वाक्यजति अझै थप्नुपर्ला जस्तो छ ।
मुख्य सम्पादक : ठीक छ, त्यसो भए अन्तमा लेख, पछि थाहा भयो यो समाचार हल्ला मात्र रहेछ ।
साथमा यो फोटो