काठमाडौं,/असार १९,
मध्यराति ब्राजिल र फ्राँन्सबीचको फुटबल हेरिरहेका पशुपति क्षेत्रका एक स्थानीय युवाले पानी घरभित्र पसेको थाहा पाएपछि बाहिर निस्केर हेर्दा वाग्मती नदीको बाढीले घर जलमग्न भएको र अन्य घर अनि पसलहरु बगाएको थाहा पाएपछि सबै घरका सामानहरू सुरक्षित गर्न पट्टि लागेका थिए । आइतबार बिहानको वाग्मती नदीको बाढीले तिलगंगादेखि उत्तर र नदीबाट पूर्वतर्फको बस्तीका पाँचवटा घर तथा पसल बगाएको थियो। चार घर क्षतिग्रस्त तिनमा आश्रति ६० परिवार विस्थापित भएका छन् । करोडौंको भौतिक सम्पत्ति र धनमाल नष्ट भएको छ ।
पशुपति क्षेत्रस्थित वाग्मती नदीको पानी आर्यघाटमा संकलन गर्न झन्डै दुई सय मिटर दक्षिणमा ढोका लगाउन र खोल्न मिल्ने बनाएको बाँधको ढोका समयमै नखोल्दा शिवपुरी जलाशय क्षेत्र, मूलपानी, साँखु र सुन्दरीजल क्षेत्रमा शनिबार राति अत्यधिक वर्षा भई वाग्मतीमा आएको रातिदेखिको बाढीले जग्गा कटान गदैर घरहरू बगाएको थियो ।शनिबार साँझ नै पानी बढ्नेआशंकामा कोषका सुरक्षाकर्मीले बाँधको ढोका खोल्ने प्रयास गरेका थिए तर नसकी उनीहरू फर्किएका थिए । सम्बद्ध पदाधिकारीका अनुसार बाँधको ढोका वर्षायाम र महाशिवरात्रिमा वर्षको दुई पटक खोल्ने भनिए पनि तीन वर्षदेखि खोलिएका थिएनन् । घटना सुरु भएको करिब ३ घन्टा ढिलो बिहान ६ बजे मात्र क्रेनको सहायताले बाँधका ढोका खोलिएको थियो । जतिखेर वाग्मती पूर्वपट्टि कटान गर्दै बाढी बगिरहेको थियो ।
पूर्वपट्ट कटान गर्दै बगेको खोलाको प्रवाहलाई रोक्न स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र, सेना र जनसमुदाय दिनभरि नै खटिएका थिए । साँझ अबेरसम्म पनि जाली, बोरा र बालुवा ल्याएर बस्तीतर्फको बहाव नियन्त्रण गर्ने काम भइरहेको थियो ।
समयमै ढोका नखोलेको आक्रोशमा घरबास उठेकाहरूले कोषको मूलद्वार अगाडि आइतबार बिहानैदेखि गाडी तेस्र्याएर चक्काजाम गर्दा त्यस क्षेत्रको आवागमन दिनभरि नै अवरुद्ध भयो । गौशाला भएर गुडने सवारी साधन र सर्वसाधारणले हैरानी पाएका थिए । विरोधका कारण कोषको कार्यालय आइतबार बन्द रह्यो । क्षतिपूर्ति नपाए कोष परिसर नै जलाउने पीडितहरूले चेतावनी दिन थालेका थिए र धर्मशालामा बास बस्न दिने र क्षतिको मूल्यांकन गरी रकमको माग गरेका थिए ।यो सब बागमतीको रिसलें भएको हो । सबैंले त्यसलाई फोहोर मात्र गर्छन् । के गर्ने !!??फोहोर पखाल्दा सबैं पखालिन्छ । होइन त !? Sorry its a joke ! Take it easy. Don’t mind.