२२ अषाढ,
सप्तरीको राजविराजकी १६ वषिर्या सुनिता चौधरी र सुनसरीकी १७ वषिर्या निलम दंगालले विधार्थी जिवनको Iron Gate एसएलसी परीक्षामा फेल भएपछि आज आत्महत्या गरेका छन् । सुनिता चौधरीले किटनाशक औषधि सेवन गरेर र निलम दंगालले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको खबर छ ।
पोखराको अमर सिंह माविबाट एसएलसी दिएका १७ जना दृष्टिविहीन विद्यार्थी मध्येबाट १६ जना प्रथम र एक जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् र पाल्पाको जमघडा माविबाट ३ दृष्टिविहीन विद्यार्थी पनि प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । २०६२ सालको नियमित तर्फ जम्मा १ लाख ४ सय ५४ जना विद्यार्थी जम्मा ४६.५१% प्रतिशत उत्तिर्ण भएका छन् । यस वर्ष विशिष्ट श्रेणीमा ४ हजार जना परेका छन् भने प्रथम श्रेणीमा ४१ हजार नौ सय ८३ जना उत्तीर्ण भएका छन् । यसैगरी दोस्रो श्रेणीमा ५३ हजार सात सय ७७ जना र तृतीय श्रेणीमा ४ हजार ८ सय ९४ जना विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्ष देखि एसएलसीको बोर्ड प्रथा हटाइएको छ ।