मस्को /९ जुलाई,
रुसको राजधानी मस्कोबाट उडेको एक यात्रुबाहक ‘सिविर एयरको उक्त ए-३१०’ विमान दुर्घटना भएको छ । उक्त विमानमा १ सय ९२ जना यात्रु र चालक दलका ८ सदस्यरहेका मध्ये १ सय ५० जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरुले १ सय २० जनाको शव निकालिसकेको छ। रुसी समाचार संस्थाहरुका अनुसार मस्कोबाट उडेको सो विमान साइबेरियाको इरकुत्स्क विमानस्थलमा उत्रने क्रममा रनवेमा चिप्लिएर एक भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । अधिकारीहरुका अनुसार घटनामा ७० बढी घाइते छन् । दुर्घटनाको खास कारण खुलिसकेको छैन ।
पाकिस्तानमा
यता पाकिस्तानको मुल्तान देखि लाहौर उडेको विमान दुर्घटना हुँदा सबै यात्रुहरुको मृत्यु भएको छ । सो विमानमा चालक दलका ४ जना सहित ४१ जना यात्रुहरु थिए । विमान मुल्तान विमानस्थल देखि उडान भरेको तीन मिनेटमा नै विमानको इन्जनमा आगो लागेर असन्तुलन भएर बिजुलीको तारमा ठोक्किएर पछि खेतमा खस्न पुगेको थियो । दुर्घटनाको मुल कारण थाहा भएको छैन । बीबीसी अनुसार विमानमा लाहौर हाई कोर्टको दुई जज, पाकिस्तान अंतरराष्ट्रीय एयरलाइनको एक वरिष्ठ अधिकारी र पाकिस्तानी सेनाको दुई वरिष्ठ अधिकारी पनि सवार थिए ।फोटो हेर्न भित्र आउनुहोस् :
