Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

July 15, 2006

‘मेरो पिडा !’

अषाढ ३१,

[”प्रस्तुत तलको सामाग्री मलाई कोरियाबाट भिषा सिद्धिएर नेपाल फर्केका एक जना साथीले जिमेल मार्फत ‘मेरो पिडा’ भनेर ब्लगमा राखिदिनु भन्नु भएकोले पोष्टका रुपमा यहाँ राखिदिएको छुँ । आज मात्र आएको यो ‘मेरो पिडा’ सायद उहाँको वास्तविक जिवनमा घटेको कुरा हो, जसलाई पोख्‍ने भाडो नभएपछि ‘मेरो नेपाल’को साहारा लिनु भयो । त्यसको लागी धन्यवाद! र तपाई पनि केहि मनका कुराहरु, लेख रचनाहरु, चुट्किला (कम्तिमा २ वटा) र कविताहरु छ भनें आवश्य पठाई सहयोग गर्नुहोला । धन्यवाद ” ।]

“म भर्खर विदेश बाट फर्केको, पजेरोमा आफ्नो प्रेमिकालाई घुमाएर फर्केपछि घर भित्र छिर्छु, फ्रिजबाट चिसो निकालेर खान खोज्दा अचानक बिजुलीको लाइन काटिन्छ । मेरी प्रेमिका डराएर म सँग टाँसिन् आइपुग्छिन्, ठिक त्यसैं बेला फोनको घण्टी बज्दछ् ‘टिरिङ्ग टिरिङ्ग’ ‘टिरिङ्ग टिरिङ्ग’ म झस्याङ्ग हुन्छु । ओह !! त्यो त सपनापो रहेछ । फोन उठाउछु , उताबाट चिनेको आवाज आउछ, ‘ल आज दशरथ रंशालामा Interview छ तुरन्त त्यहाँ पुग् म तिम्रो फाइलहरु त्यही ल्याइदिन्छु । घडी हेरे लगभग बिहानको ४:३० बजेको रहेछ। त्यो मेरो कोरिया पठाउनें दलालको आवाज थियो । म चिया पनि नखाई त्यहाँ पुग्छु । त्यहाँ लाइन बसेको रहेछ ,म पनि लाइनमा बस्नको लागि पछि तिर जन्छु तर लाइन त धेरैं लामो रहेछ । लाइनको अन्तिम सम्म पुग्दा रंशालामाको मेन गेटबाट शुरु भएको लाइन थापाथली हुदैं माइतीघरको चोक सम्मको थियो । पछि गएर लाईनमा बसे पछि त ५ मिनेटको समयमा लगभग १०० जनाको लाईन थपिदो रहेछ । जसो तसो गेटपास लिएर Interviewको लागि फेरी नयाँ बानेश्वर पुग्नु पर्ने रहेछ ,त्यहाँ पनि त्यस्तै भिड जे भएपनि Interview दिए ।

मन हल्का गरेर डेरामा फर्के, बिहानको सपना साँचो होला जस्तो लाग्यो। भोलि पल्ट दलालले १ लाख रुपैंया पेश्की मागे पछि गाँउबाट लिएर आएको १ लाख बुझाए, तर दिन, हप्‍ता, महिना र वर्ष पनि बित्यो, भिषाको कुनै लक्षण देखिएन। बल्ल-तल्ल नाम निकाल्यो । त्यसपछि दिन-दिनैं पैसा मात्र, अब भोली साक्षि बस्नें आमा वा बुबा चाहियो रे ! फेरी हतार हतार गाँउबाट बुढि आमालाई लिएर आए। साक्षि बस्नें क्रममा पँचासौ ठाँउमा साइन गर्नु पर्ने, केमा साइन गर्ने थाहा छैन, अफिसको मान्छेले हातले छेकेर यहाँ साइन गर्ने भनेर देखाउछ, लाटोलें झै साइन गर्दै गए। पछि भिडियो पनि खिच्नें रे !!(पछि यहाँ आएर थाहा भयो ‘मुनड्रप्सले ९८ हजार…. लिएको हो’) भन्नलाई प्रमाणको लागी पो रहेछ । भिडियो खिच्नें कोठामा गएपछि खिच्नु भन्दा अगाडी अफिसको मान्छेले सोध्यो, ‘ पैसा कति तिर्नु भयो ?’मैले भनें, ‘ ४ लाख ५० हजार सर ।’ त्यसपछि उसले मलाई सिकायो, ‘ तिमीलें ४ लाख ५० हजार भन्यौ भनें तिमी कोरिया जान् पाउदैनौ । तिमीलें ९८ हजार….(मा अलि बढि थियो) तिरेको हुँ भनेर भन्नु पर्छ ल! भनें पछि मैले जान नपाउने डरले ‘हुन्छ’ मा टाउको हल्लाए । यसरी आफ्नो घर खेत धितो राखेर आमाको सबै गहाना साँहुकोमा धितो राखेर म आफ्नो सपना साकार पार्न आफ्नो परिवार, गाँउ घर, देश छोडेर कोरिया आई पुगें, धनको ठुलो बिटो लिएर फर्किने आशामा। तर यहाँको वास्तविकता अर्कै रहेछ। २, ४ जना साथीहरुलाई राम्रै काम परेछ तर बाँकि सबैलाई आपतको भारी । कसैलाई कामै नहुनें, कसैको कम्पनीनै बन्द भएको, कसैको कम्पनिमा ज्यानै जाने आधुनिक मेसिनहरु चलाउनु पर्नें, कुनै कम्पनीले तलबनै नदिने …त्यस्तैं-त्यस्तैं … त्यसपछि यहाँ कोरियामा भएको मुनड्रप्सको सम्पर्क कार्यालयमा गएपछि कसैलाई त राम्ररी काममा लगाई दिदो रहेछ , तर हामीलाई कम्पनी फेरिदिनु पर्‍यो भन्दा मिल्दैन भन्यो । पछि कुरा बुझ्दा त्यसको लागि पैसा खुवाउनु पर्ने रहेछ ।

मैले पैसा पनि दिएन र मेरो कम्पनी पनि फेरिदिएन , जसो तसो ऋण उठाई हाले , हातमा एक-दुई लाख छ , भिषा पनि सकियो र नेपालमा पनि शान्ति होला जस्तो छ । अब नेपाल मै गएर सानो तिनो काम गरि देशमै गरि खानु पर्ला भन्ने सोचेर नेपाल आए । अब त सरकारले कोरिया पठाउन पाउने भएको रहेछ , सरकारले पनि राम्रो तरिकालें, निस्वार्थ, निष्पक्ष र तोकेको मुल्यमा पठाए त हुन्थ्यो!! उहि ‘मेरो मान्छे र तेरो मान्छे’ गर्न लागेभने, पछि नेपाललाई कोरियाले भिषा नै दिदैन् र दुख पाउने गरिब नेपालीहरुको हालत कहिल्यै सुध्रिन्‍न । कोरियामा भएको म जस्ता हजारौ नेपालीहरुले यो दुख पाएको भएपनि मुखमा बुझो लगाई बसेको देख्दा मलाई अच्चम लाग्छ । नेपालीहरुलाई सबैकुरा सहने बानी जस्तो बसिसकेको छ, सब समय र परिस्थितिको धुन हो।”

[”प्रस्तुत माथिको सामाग्री मलाई कोरियाबाट भिषा सिद्धिएर नेपाल फर्केका एक जना साथीले जिमेल मार्फत ‘मेरो पिडा’ भनेर ब्लगमा राखिदिनु भन्नु भएकोले पोष्टका रुपमा यहाँ राखिदिएको छुँ । आज मात्र आएको यो ‘मेरो पिडा’ सायद उहाँको वास्तविक जिवनमा घटेको कुरा हो, जसलाई पोख्‍ने भाडो नभएपछि ‘मेरो नेपाल’को साहारा लिनु भयो । त्यसको लागी धन्यवाद! र तपाई पनि केहि मनका कुराहरु, लेख रचनाहरु, चुट्किला (कम्तिमा २ वटा) र कविताहरु छ भनें आवश्य पठाई सहयोग गर्नुहोला । धन्यवाद ” ।]

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/07/15/p-260/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users