Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

July 16, 2006

द.कोरियामा अविरल वर्षा

सउल/१६ जुलाई,

द.कोरियामा शुक्रवार देखि आज आइतवार सम्म परेको अविरल वर्षाको कारण गएको बाढि-पहिरोमा परी लगभग ३१ जनाको मृत्यु हुनको साथै १८ जना बेपत्ता भएको समाचार छ । वर्षाको सबभन्दा बढि प्रभावित परेको द.कोरियाको उत्तरी भेगमा पर्ने ‘गाङ्गवन’ भन्ने क्षेत्रमा गएको तीन दिनमा ५००मि./मि. (२० इन्च भित्र) भन्दा बढि पानी परेको समाचार त्यहाँका समाचार स्रोतलें जनाएको छ । कोरिया टेलिभिजनको मुख्य समाचारमा रहेको त्यहाँको बाढि-पहिरोलें अनेकौ घरहरु, गाँउका खेत र सडक बगाएपछि बाटो अवरुद्ध हुनको साथैं दुई हजार भन्दा बढि नागरिकहरु घरविहिन भएका छन् । कम्तिमा पनि १०० वटा भन्दा बढि कार पहिरोलें क्षतिग्रस्त भएको छ भनें लगभग पँचास हजार मानिसहरुको घरको बिजुली, खाने-पानी, टलिफोन सेवा र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । पुलिस,सेना र उद्धार टोलीले बाढि-पहिरोबाट घाइतेहरुलाई निकाली सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् भने उद्धारको लागी हेलिकप्टर समेत प्रयोग गरिएको छ । राजधानीमा नदी छेउमा रहेको सडकहरु सुरक्षाको लागी बन्द गरिएको छ । स्थानिय मौसम विभाग अनुसार बिहिवार सम्म पानी पर्ने सम्भावना बताइएको छ ।

बाढिले प्रभावित क्षेत्रहरु :

korea 1

राजधानी सउलको केन्द्रमा रहेको ‘हान’ नदीको बाढिको प्रभाव

‘हान’ नदिमा पर्ने टोङ्बु हाईवेमा बाढि प्रभाव …बाँकि फोटो भित्र >>

‘योन्छन’को ‘हानतान’ नदिमा ८.५ मिटरको रेडलाइन भन्दा माथि आएको बाढि

YONHAP NO-275 HANM

‘नामहान’ नदिमा बाढि प्रभाव

korea 2

गाङ्गवन क्षेत्रमा बाढि प्रभाव

korea

‘गाङ्वन’ क्षेत्रमा बाढिले ल्याएको काठको थुप्रोमा हिड्दै मानिसहरु

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/07/16/p-261/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users