17 July,
विश्वमैं सबैभन्दा महंगो खेल मानिने ‘गोल्फ’ हाम्रो देश नेपालमा मेरो विचारमा काठमाण्डौको एयरपोर्ट छेउमा छ, अन्त भएपनि मलाई थाहा छैन । एयरपोर्ट छेउमा भएपनि खेलेको चाँहि कहिल्यै पनि देखेको थिइन, शायद मेरो त्यो साइड तिर आवत-जावत धेरै नभएर होला । गरिब देश भनेर चिनिने हाम्रो देश नेपालमा धेरै ठाँउहरुमा दिनभरी काम गर्यो भनें मात्र बेलुका मुखमा चारो पर्छ । गोल्फ जस्तो महंगो खेल कहाँ बाट खेल्ने !? हुन् त देशमा धनिहरुको पनि कमी त छैन तैपनि सत्य सत्यनै हुन्छ । आउनुहोस् यहाँ म तपाईहरुलाई ” गोल्फ” खेलाउन लैजादै छुँ । यो साइट मैलें भर्खरै (२ महिना जति) फेला पारेको हो । विश्वको कुनै पनि कुना बाट एकपल्ट ID बनाएपछि सधैलाई नि:शुल्क अनलाइन गेम हो यो । पैसा हालेर यही गेम खेल्नेहरुको पनि कमी छैनन् तर फ्रिमा पाएपछि किन पैसा तिर्ने,..होइन ?
अहँ ! यो साइटमा गएर सबैभन्दा अगाडी रजिष्टर गरि ID बनाउनु पर्छ । ID बनाएपछि डाउनलोड गर्नेको लागि तपाईको कमप्युटर ‘Window 98 ‘ छ भनें केहि गाह्रो होला अरु प्राय सबैमा सजिलै (१०-१५) मिनेटमा हुन्छ । डाउनलोड भएपछि खेल्नें तरिकाहरु सबै त्यही सिकाउछ । अब यदि तपाईहरुलें यो खेलमा आउनु भयो भने मेरो ID पनि नबिर्सनु होला किनकी त्यहाँ chat गर्न पनि मिल्छ । मेरो ID ‘meronepal’ र ‘mero_nepal’ हो । फुर्सदको समयलाई yahoo room गएर हल्ला गर्नु भन्दा यो गेम राम्रो लाग्यो मलाई । यदि तपाईलें राम्रो ‘सट’ हान्नु भयो भनें “Pangya” भन्नें शब्द पनि आउछ । ल ! त साथिहरु तपाई गेम डाउनलोड गरेर आउदै गर्नु म त लागें “Pangya” गर्न , उतै भेटौला । chat गर्न चाँहि नबिर्सनु होला ल ! तपाईहरुलाई यो जानकारी गराउदै तल केहि यो खेलको भिडियो अनि फोटोहरु राखेको छुँ । गेमको साइटको लागि यहाँ क्लिक गर्नुहोस् ।
रजिष्टरको लागी यहाँ क्लिक गर्नुहोस् :
रजिष्टर गरेपछि गेम डाउनलोडको लागी क्लिक गर्नुहोस् :
खेलको भिडियोको लागी यहाँ क्लिक गर्नुहोस् ।

फोटो ^
गेम कस्तो लाग्यो मलाई भन्नु हुन्छ कि ??
बाँकि फोटो भित्र: >>



