Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

July 24, 2006

एकछिन हाँसौ ल !

Filed under: Jokes

चुट्किला १.

(पुरानो कथामा आधारित तर आधुनिक सिंह ) रानीवनमा जनावरहरुको भेला बसेको थियो । सिंहको दैनिक लापरवाहीको हल निकाल्दै एउटालें भन्यो,’ हामी पालै-पालो प्रत्येक दिन राजा सिंहको भोजनको लागी जानें ।’ सबैलें हुन्छ भनें र सिंहको पनि सहमति भयो । अब दैनिक आ-आफ्नो पालोमा सिंहको भोजनको लागी क्रममा एक दिन आयो खरायोको पालो । खरायो ढिलो सिंहको अगाडी पुग्यो रिसाउदै सिंहले कारण सोध्दा खरायोलें नजिकैको इनारमा देखाउदै ‘त्यहाँ अर्को सिंहले मलाई रोकेको थियो।’ भन्दा सिंहले इनारमा हेर्दै भन्यो,’ त्यो त मैले ४ कक्षामा पढेको कथा हो । मलाई मुर्ख बनाउन खोज्छस् ।’

*********************************************************************
चुट्किला २.

सस्तो भाडामा पाएको कोठामा एक रात बसे पछि भोलीपल्ट,
भाडामा बस्ने मान्छे : साउजी तपाईले मलाई कस्तो कोठा दिनु भयो ? रात भरी मुसाको Race हुदो रहेछ ।
साउजी : यति सस्तोमा के घोडाको Race हेर्ने विचार छ ??

*********************************************************************
चुट्किला ३.

सिनेमा हलको गेटकिपरको दाँत दुखेर डा.कोमा गएछ ।

डा. : तपाईको कुन दाँत दुखेको छ ?
गेटकिपर : माथिको बालकोनीको तेस्रो न.को दाँत दुखेछ डा. साँप…।

*********************************************************************
चुट्किला ४.

आँखाको डा.ले आँखा जाँच गरेपछि एकदमै कमजोर जस्तो लागेर बिरामीलाई एउटा किताब हातमा दिएर पढ्न लगाउछन् । अक्षर पनि नदेखेपछि केहि सिप नलागेर एउटा थाल देखाउदै सोध्छन् ….

डा. : यो देख्‍न सक्नु हुन्छ ??
बिरामी : अलि-अलि..
डा. : के हो ??
बिरामी : ठाय्क्कै भन्न त सक्दिन तर ५० पैसा हो कि एक रुपैयाको सिक्का हो ।

*********************************************************************
भित्र पनि छ …

चुट्किला ५.

जेलरलें छुट्ने बेला भएको कैदीलाई सोध्दछन् ..
जेलर : जेलबाट छुटे पछि के गर्छस त ?
कैदी : एउटा सुन-चाँदीको पसल खोल्छु ।
जेलर(आश्चार्य पर्दै): सुन-चाँदीको पसल खोल्नलाई तेत्रो पैसा कहाँ बाट ल्याउछस् त ?
कैदी : सुन-चाँदीको पसल खोल्नलाई के को पैसा चाहिन्छ र, एउटा हथौडा भए भैहाल्छ नि …।

*********************************************************************

चुट्किला ६.

एउटा मासु पसलेलें खसी काट्नलाई तान्दै थियो र खसी जोडले कराउदै थियो ।
नजिकै सानो छोराले आफ्नो बाबालाई सोध्छ,
छोरा : बाबा त्यो खसी किन रोएको ?
बाबा: मासु पसलेलें त्यसलाई काट्न लागेर….
छोरा : ए ! मैले त त्यो मान्छेले त्यसलाई स्कुल लैजान् लागेकोले रोएको हो कि भनेको ….

*********************************************************************
चुट्किला कस्तो लाग्यो केहि भन्नु हुन्छ कि…..???

3 Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/07/24/p-263/trackback/

  1. Really nice joke….go ahead…

    Comment by Tek Bahadur — November 7, 2006 @ 12:51 pm

  2. it’s totally, interesting. i like it. try to write more i will read alwayas. best of luck.

    Comment by Deepak Dukhi — November 30, 2006 @ 8:09 am

  3. la jokes chahi dami 6, padhau padhau jasto lagne. ajha aru pani naya naya jokes padhna payama aru hasna painthyo ki. have success.

    Comment by bishnu prasad bhandari — September 20, 2009 @ 6:21 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users