Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

August 13, 2006

नेपालमा फेरी शान्ति आओस्

श्रावण २६,

[सानो छँदा एक वाक्य पढेको थिए, नेपाल शब्दको पुर्ण रुप भनेर :
N - Never
E - ends
P - peace
A - and
L- love
अर्थात ‘नेपालमा शान्ति र मायाको कहिल्यै अन्त हुदैन ।’ आशा गरौ यो पंक्ति फेरी सत्य भएर आओस् ।]

नयाँ नेपालका तीन वर्तमान महाशक्तिशाली पार्टी भनौ वा मानिस भनौ दृष्य वा अदृष्य मन्त्री, माओवादी र राजा हुन् । वर्तमान नेपाललाई बनाउन र बिगार्नमा यि महासयहरुको ठुलो योगदान छ । अहिले देशमा अशान्ति, लुटमार ,मारकाट, हडताल,जुलुस, बन्द,धर्ना वा छोटकरीमा एउटा देशलाई विकासोन्मुखको हरेक पाइलाहरुको अवरोध पुर्‍याउनमा कुनै न कुनै रुपमा हात रहेको छ । हरेकले कुनै पनि बेला नेपाललाई कुन् खोल्सामा लगेर फाँल्ने हो अनुमान गर्न सकिन्न। कसैको भर छैन, बस् मौकाको मात्र कमी छ, आफ्नो हातमा स्टेरिङ्ग आउन मात्र बाँकि छ। सबैलाई इन्डोनेशियाको भुकम्प झै आ-आफ्नो अपमानको बदलाको भावना फुटाउन मात्र बाँकि छ ।

भित्र भित्रै ठुलो शाक्ति संचय गरिरहेको र बाहिर अदृष्य रुपमा देशमा तहल्का मच्चाउनेहरु को के भर ? ‘आज मेरो हातमा पावर छ कसैलाई कुर्सीमा बसाल्छु, कसैको खुट्टा तानी कठघरामा उभ्याउछु, दोष मेरो पनि छ के थाहा भोली मेरोपनि त्यही हालत हुने हो कि ?’ भन्ने सोच बसिसकेको छ । मेरो बिचारमा त सबैलाई एक-एक गरि सबैलाई कानुनको कुर्सीमा उभ्याएर सोध्नु पर्छ,’ कसले देशलाई खोक्रो बनायो ? कसले जन्मायो माओवादी ? कसले बनायो नेपाली जनतालाई जन्मनु भन्दा अगाडी हजारौको ऋणी ? ‘ त्यति मात्र हैन धेरै कुराहरु छन् सोध्नु पर्ने । भोलि यदि केहि गरी राजा वा माओवादीको हातमा सरकार आयो भने (सकेसम्म नआउला) भोली गिरिजालाई कठघरामा उभ्याइनेछ , प्रश्न त के हो सोध्नलाई सबैलाई थाहा नै छ । अब मानौ माओवादीको अहिलेको अवस्था नभई एक आतंककारी घोषित हुन्थ्यो भने के हुन्थ्यो ? अहिले पो आफ्नो दममा कसैलाई औलामा नचाँएर जसो तसो जडा गाड्न सफल भयो । अझै पनि गाह्रो छ माओवादीलाई , केहि गरि सत्तामा आईहाले पनि के नेपाली जनताको छातीमा पाइला राखेकोलाई सरकार मान्लान् त ?? ल ठिकै छ बाहिरी मनले माने पनि के नेपाली जनताले भित्री मनले स्वीकार्ला ? सोचनिय छ । कसैले मान्लान् कुरा भिन्दै छ तर के त्यो नेपाली बाँउले मान्ला जसको उल्टो आँफैले माओवादीकै कारण आफ्नो छोराको रक्ताम्य शरिरलाई आगो दियो ? बाँउ मारेको छोराले त झन् पक्कै पनि मान्दैन होला । राजाले त पाउनु पर्ने धेरै कुरा पाई सक्यो तर पनि अझै अपुग छ र पुर्‍याउन पनि सकिदैन ।

भाँच्चिन लागेको लाठी टेकेर अगाडी बढेकाहरुले पछि भाँच्चिए पछि लाठी भई काम गरी के देशलाई सिङ्गापुर हंगकंग बनाउला ? सोचनिय छ । झिङ्गापुर चाँहि नबनोस् बस् त्यत्तिनै काफि छ नेपाली जनतालाई । साँच्चिनै हंगकंग ,सिङ्गापुर बनाएपछि त तिनीहरुलाई पुजे पनि हुन्छ, आशा गरौ पुज्न पाइयोस् । नयाँ देशका कर्णधारहरुलाई मौका दिनुस् पुराना बुढा-पाकाहरु आराम गर्नुस् अर्ती-उपदेश दिनुस् । केहि पुराना र केहि नयाँ बिचारले देशलाई अगाडी लैजाने प्रयास गर्नुस्। त्यसमा नेपाली जनताहरुले पनि हात पुर्‍याउनु पर्छ । धन भएकाहरुले धन दिनुस्, मन भएकोले मन दिनुस्, विदेशमा गएर कमाएकाहरुले विदेशमा नै घरजाम नगरी आफ्नो जन्मभुमिमा आ-आफ्नो ऋण तिर्न आउनुहोस् । आज आउनुहोस् नसके भोली त आवश्य आउनुहोस् । आ-आँफैमा रिसराग छोडी सहयोगको भावना जगाउनुहोस् । मारकाटको बाटो त्यागि बुद्धको बाटो पहिल्याउनुहोस् । आफ्नो सन्ततिहरुलाई राम्रो कुराहो भने आफ्नो बाटो दोर्‍याउनुहोस, सिकाउनुहोस् होइन भने राम्रो बाटोको पदचिन्ह देखाउनुहोस् । देशको बिकास गर्न कुनै गाह्रो काम होइन यदि एकजुट भयौ भने । नेपालमा हरेक कुरा छिटो हुन्छ, बिगतलाई फर्केर नियाल्दा पुष्टि हुन्छ, फेसनको कुरा, शान्तिको कुरा, आन्दोलनका कुरा, माओबादीका कुरा अनि भष्ट्राचारको कुरा सबैलाई केलाएर हेर्नुहोस्, कति छिटो भयो ।जुनकुरामा पनि छिटो नतिजा पायो सबैले आ-आफ्नो पेट भर्न थाले तर नेपाली आमालाई कसैले हेरेन, बिकासको बाटो तिर कसैको सोच गएन, एक पल्ट ,सिर्फ एक पल्ट !! कसैले यो बाटो तिर पाइला राख्यो भने साथ दिने पुरा नेपाली जनताहरु हुनेछन्, त्यसैले बिकासको बाटोमा पाइला राख्‍ने प्रथम व्यक्ति बन्नुस्, शुरुमा काँडाहरु आवश्य हुने छन् तर सफलताको अगाडी त्यो काँडाको के मुल्य ?, र एक दिन हामीले पनि गर्वले भन्नेछौ,’ म नेपाली नेपालको छोरा हुँ ।’

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/08/13/p-280/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users