Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

August 14, 2006

मानिसलाई चाँहिने वास्तविक जमिन…

श्रावण २९,

कुनै जमानामा (आधुनिक वा पुरानो) एक गरिब किसान थियो । दिनभरी काम गरी बेलुका खाने जसो-तसो पुग्ने अलिकत जमिन थियो ऊँ सँग । सधै सुत्ने बेलामा सोच्ने गर्थ्यो ‘ म सँग पनि धेरै जग्गा जमिन हुन्थ्यो भने म पनि निकै सुखी मानिस हुने थियो होला ।’ यही कल्पनामा उँ दिन-रात कडा मेहनत गर्थ्यो, धेरै पैसा कमाई जमिन किन्नलाई । अन्तमा कुनै एउटा साथिबाट थाहा पायो कि कतै तराईको ठाँउमा जग्गा अतिनै सस्तो छ रे। त्यहाँको जग्गा दिनगन्तीको हिसाबमा बिक्री हुँदो रहेछ । अर्थात तिर्नु पर्ने पैसा तिरेर दिनभरीमा जति हिड्न सक्यो त्यति जमिन आफ्नो । बस् के थियो चाँहिएको पैसा पोका पारी श्रीमतिलाई लिएर हिड्यो जग्गा दिनगन्तीमा किन्नलाई । मोल-मोलाई भएपछि एउटा ठाँउमा चिन्ह लागाई हिड्न शुरू गर्‍यो , बिहानीको सुर्यको झुल्का सँग र सुर्य अस्ताउनु भन्दा अगाडी आँफुलाई चाहिने ठाँउ हिडेर चिन्ह लागाई त्यही शुरुमा लगाएको चिन्हसम्म आईपुग्नु पर्ने सर्त पनि भयो र त्यो ठाँउसम्ममा नआएमा पैसापनि जाने र जग्गा पनि नपाउने कुराको पनि तय भयो ।

घरबाट पुरा तैयारीमा आएको किसान हल्का खानेकुरा बोकी हिड्यो। किसान खुब खुसी हुदै छिटो-छिटो पाइला बढाउदै गयो । दिउँसोको १२ बजेसम्म उ सोझै हिड्यो त्यसपछि उँ चिन्ह लगाई चौडाई तिर नाप्नलाई पाईला बढाउदै गयो । अनि फेरी चिन्ह लगाई वापस फर्कीन् लाग्यो । जति हिड्यो उतिनै लोभलाग्दो राम्रो जग्गाहरु देखिने मनले नमाने पछि बढि भन्दा बढि जग्गा ओगट्दै गयो । अनि साँझ पर्नलागेको जस्तो लागेर उ लोभ गर्न छाडी फर्कन् लाग्यो । समयमा पुगिदैन् होला जस्तो लागेर ऊँ दौड्न लाग्यो । अझै पनि टाढै रहेछ भन्ठानेर अझ जोडले भाग्दै गयो । पश्चिममा सुर्यले डाँडैमा पाईला टेक्न लागेको देखेर आँफुले सके जत्तिको बलले छिटो दौड्यो । अझै १०० मिटर जति बाँकि थियो होला सुर्यको अलिकत भागमात्र बाँकि रह्यो डुब्नलाई । किसानले अब त सकिदैन भनेर बिस्तारै हिड्न लाग्यो तर श्रीमति लगायत त्यहाँ भएका मानिसहरुले जोड-जोडले चिच्याउदै थिए,’ यहाँ अझै पनि सुर्य अस्ताएको छैन छिटो आउनुहोस् ।’ भन्दा किसानले, ‘ओहो त्यो ठाँउ त अलि अग्लो ठाँउमा छ त्यसैले सुर्य नअस्ताएको होला ।’ भन्ने सोचेर फेरी दौड्यो । बल्ल-तल्ल त्यो ठाँउमा पनि पुग्नु सुर्य पनि अस्ताउनु, भयो ।

सबैको मुखमा खुसी थियो, किसान पनि जोड-जोडले साँस फेर्दै मनमनै खुसी भयो तर उसको साँस रोक्किरहेको थिइन, त्यतिकैमा उ बेहोश भएर भुईमा लड्न पुग्यो । उसको श्रीमति र अन्य मानिसहरुले पानी ख्वाँउने कोशिस गर्दै थिए , तर केहि सीप लागेन र उसको त्यतिकैमा मृत्यु भयो । एकछिनको रुवाबासी पछि उसलाई त्यही जमिनमा ६ फिट लामो खाल्डो खनेर त्यही गाडियो । भनेपछि एउटा मानिसलाई चाँहिने टोटल जग्गा-जमिन मात्र ६, ७ फिट भए हुँदो रहेछ तर किन मानिसहरु हजारौ रोपनी जम्मा गर्छन् , त्यो जग्गा आखिर कसको लागी ???

[माफी चाँहान्छु यो कुनै साइट वा ब्लगको विज्ञापन होइन , अन्यथा नसम्झिदिनु होला, धन्यावाद !!]

1 Comment »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/08/14/p-281/trackback/

  1. lekhak g hajur ko lekh padhe ramrari lagyo tara sabai manish lai mirtyu pachhi jamin ma jadhdaina ni kasai lai ta jalauchha uniharu lai kati jamin ko aawasyak parchha ta ?????hehehehehe
    ***********************************
    प्रतिक्रिया जनाईदिनु भएकोमा धेरै-धेरै धन्यवाद !! र जलाउनलाई पनि त्यतिनैं जमिन चाँहिन्छ नि लास राख्‍नलाई आर्यघाटमा होस् वा कुनै खोलाको तिरमा , होइन र ?

    Comment by bikky — August 15, 2006 @ 4:22 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users