Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

August 27, 2006

‘पोइल जान पाम्’को भिडियो

भाद्र ११,

गृह जिल्ला दाङवाटै गायिका एवं समाचार वाचिका कोमल ओलीको ‘पोइल जान पाम्’ नामक गीति एल्वम प्रतिवन्ध लगाउन माग गर्दै महिला पत्रकार मंच दाङले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी उक्त एल्वम सार्वजनिक रुपमा वहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको थियो । यो आवाज उठेपछि उनको एल्वम सर्बाधिक विवादमा फ़सेको छ । चाड पर्वलाई हतियार बनाएर पैसाका लागि महिलाहरुलाई होच्याउने, अपहेलित गर्ने, आत्मसम्मान र स्वाभिमानमा चोट पुराउने तथा किशोरीहरुको बालमस्तिष्कमा विकृत सन्देश भरिदिने गीतलाई प्रतिवन्ध लगाउन जोडदार माग भएको थियो । महिला अस्मितामाथि प्रहार गर्ने गीतको निन्दा गर्दै उक्त गीतको प्रचारप्रसार, विक्री वितरण नगरीदिनुहुन आम जनसमुदाय, संचार संस्था, व्यापारी लगायत सबैमा मंचले अनुरोध गरेको छ ।

तीज आउनुअघि नै तीजगीतका नाममा बजारमा आएको त्यो एउटा उत्ताउलो गीतको शब्द रत्यौलीको जस्तो छ, जुन खुला समाजले पचाउन गाह्रो पर्छ । कोमल वलीको कोकिल स्वरले भिजेको त्यो गीतले तीजको मौलिक पहिचानमाथि घोडा चढेको छ, उसले तीजगीतमार्फ् भगवान् शिवसँग ‘यसपालि त पोइला जान पाम्’ भनेर रोइकराइ गरेकी छ । गीतमा जसरी पनि यसपालि त पोइला जान पाऊँ भन्ने शब्दलाई दोहोर्‍याई-तेहेर्‍याई पाम् पाम् पाम् भनेर थपडी मार्दै प्रस्तुत गरिएको छ । फुर्सद डट कम बाट लिएको यो ‘पोइल जान पाम्’ भन्ने भिडियो हेर्नलाई भित्र आउनुहोला ।

1 Comment »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/08/27/p-288/trackback/

  1. hi dd namaste ahile ko hit, song hai ta tapai lai bhai ko tharfa bata bye dd tapai ko bhai

    Comment by jinlab gurung — September 7, 2006 @ 5:17 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users