Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

August 29, 2006

म पनि ‘प्रवासी नेपाली पत्रकार संघ द.कोरिया’को सदस्य भए ।

१३ भाद्र,

श्रम तथा यातायात ब्यवस्था मन्त्री लगायत प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरियाका कार्यसमित र अन्य... गत आईतबार भाद्र ११ गते नेपालबाट इन्टरनेशनल लेभर अर्गनाइजेसन (ILO) को १४औं रुसियाली वैठकमा भाग लिनआइपुग्नु भएका श्रम तथा यातायात ब्यवस्था मन्त्री तथा सरकार माओवादी वार्ता टोलीका सदस्य रमेश लेखकको कोरिया भ्रमणको अवसर पारेर प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष डम्बर सुब्बाले कार्यसमितलाई पूर्णता प्रदान गर्दै कार्यबिभाजन पनि गरेको थियो । सो कार्यसमितिमा उपाध्यक्षमा माधवी भट्ट, सचिव भूपेन्द्र आचार्य, सहसचिव केशव खड्का, कोषाध्यक्ष बोधराज रेग्मी रहनु भएको छ भने सदस्यहरुमा म लगायत मिनोद मोक्तान र गणेशबहादुर लिम्बु हुनुहुन्छ । संघको संरक्षकमा भनें नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष बमप्रसाद लावतीलाई चयन गरिएको छ । हाम्रो कोरियन भाषा सहित नेपाली अनि विभिन्न भाषामा वेबसाइट पनि छ ।

साथै आन्याङ सेल्टरमा माननिय मन्त्री ज्युसँग अन्तक्रिया कार्यक्रम पनि गरेको थियो । नेपाल सम्पर्क समिती र प्रवासी नेपाली पत्रकार संघले आयोजना गरेको उक्त कार्यक्रममा माननिय मन्त्री लगायत वहाँ सँगै आउनु भएका श्रम सचिवज्यु र कोरिया स्थित बिभिन्न संघ सस्थाका सदस्यहरुले पनि आ-आफ्नो मन्तव्य व्यक्त गरेको थिए । मन्तव्यको भिडियो लागी यहाँ क्लिक गर्नुहोस् । कार्यक्रमको अन्तमा अन्तक्रिया कार्यक्रम भएको थियो । अन्तक्रिया कार्यक्रममा नेपाली राजदुतावास राख्ने, ईपियस सिस्टम लागु गर्ने सम्बन्धि र अन्य प्रश्नहरुको अत्यन्तै सहज तरिकाले उत्तर दिदैं विगतमा आएका मन्त्रीहरुले जस्तैं आँफुले उक्त कार्य गर्न वाचा नगर्ने तर आँफुले सक्दो प्रयास गर्ने र गर्न नसकेमा माफी समेत मागेका थिए । समयको अभावले सबैले प्रश्न राख्न नपाएको र केहि भएमा यहि भाद्र महिनाको २१ गते सिओलमा हुने एशियन मुलुकहरुका राजनैतिक पार्टीका नेताहरुको भेलामा भाग लिन पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादर देउवा, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौड्याल आउनु हुन्छ वहाँहरुलाई राख्‍दा पनि हुन्छ भन्नु भएको थियो ।

नेपाली सम्पर्क समिति अध्यक्ष वमप्रसाद लावतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन नेसस सचिव केशव खड्काले गर्नुभएको थियो भने सहसचिव माधवी भट्टले स्वागत मन्तव्य गर्नुभएको थियो ।

[दिनभरीको कार्य व्यस्तताले गर्दा ब्लग लेख्‍न ढिला भयो।]

3 Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/08/29/p-289/trackback/

  1. बधाई है टंक जी प्रवासी नेपाली पत्रकार संघ द.कोरियाको सदस्य भएकोमा ।
    *******
    Thank You!

    Comment by प्रकाश देवकोटा — August 29, 2006 @ 3:15 pm

  2. congratulation for prabasi nepali patrakar union kosadashe bhayako ma . sathai utter utter pragati ko kamana la
    prabash
    *******
    Thank you!…

    Comment by jeewan — August 30, 2006 @ 1:59 pm

  3. तन्क जि तपाईं को ब्लग राम्रो सँग चलोस् कमल नित मुस्कुरौदै अजु तिमी सुर्ए को किरण झै बिहानि भए तिमी स्वो बिद्ध्या को पर्भाब ले प्रकाश छ्र्दै जाउ तिमी बन्धु हरुको सामु निरन्तर अगाडि बढीराख तिमी मेरो शुभ कामना प्रकाश न्याउपने

    Comment by pratap — September 9, 2006 @ 2:14 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users