Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

September 2, 2006

वार्ता विफल बनाउने प्रयास

काठमाण्डौ/भाद्र १७,

नेपाली सेनाको एक टुकडीद्वारा नेकपा माओवादी अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई लगायत अन्य वरिष्ठ नेताको हत्या प्रयास भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले शुक्रबार राजधानीको वसन्तपुरमा आयोजित नेवाः मुक्ति मोर्चाको सम्मेलनलाई सम्बोधन गर्दै रहस्य खुलासा गरेका हुन् र उक्त योजनामा अमेरिकाको सहयोग रहेको पनि बताउनु भयो । वरिष्ठ नेताको हत्या गरी वार्ता असफल पार्ने योजनामा खटिएको सेनाको कमान्डो टोलीलाई माओवादीले तत्काल कव्जामा लिइएको र उनीहरूले सो योजना स्वीकारेको दाबी गर्दै केही दिनमै पक्राउ परेका सेनालाई सार्वजनिक गर्ने तर उक्त योजनामा खटिएका सेनाहरू कुन दर्जाका हुन् भन्ने विषयमा केही बताउनु भएन। जन-आन्दोलनको सफलतापछि वार्ता विफल बनाउने प्रयास एंव देशमा बिभिन्न किसिमको लुटपाट, डकैती र अन्य अपराधिक घटनाहरु भएकोले यसको सम्बन्ध दरबार सँग रहेको पनि अनुमान गरिएको छ भनें सो सम्बन्धमा गोप्य रुपमा जाँचबुझ पनि गरिएको छ भन्ने कुरा बुझिएको छ ।

त्यस्तैं गत आइतबारदेखि माओवादीको कामीडाँडा शुरु भएको बैठकमा माओवादीले बढीमा दश दिनभित्रै निर्णायक, शिर्षस्तरको, अन्तिम वार्तामा बस्न सरकारलाई अल्टिमेटम दिएको छ । उसले सकेसम्म साताभित्रै वार्ता प्रक्रियालाई टुंगोमा पुर्‍याउनसमेत जोड गरेको छ । त्यसका निम्ति अध्यक्ष प्रचण्डकै अध्यक्षतामा दश सदस्यीय नयाँ र उच्चस्तरको वार्ता टोलीसमेत गठन गरेको छ । यो टोलीले गरेको सहमति माओवादी पार्टी समितिमा विवादरहित हुने विश्वास नेतृत्वमा छ । टोलीमा सातजनाको नाम तय भइसकेको छ भने तीनजना पछि थप्ने भनिएको छ । सातजनामा अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, मातृका यादव, कृष्ण महरा, दीनानाथ शर्मा र देव गुरुङ रहेका छन् । पार्टीको बैठकमा यसअघि काम गरिरहेको तीन सदस्यीय वार्ता टोली र स्वयम् अध्यक्ष प्रचण्डको तीव्र आलोचनासमेत भएको बताइएको थियो । सरकारले पनि निर्णय गर्नासाथ कार्यान्वयनमा लान सक्ने यस्तै प्रकृतिको उच्चस्तरीय वार्ता टोली गठन गरोस् भन्ने माओवादी चाहना छ । तर यसबारे सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

माओवादीले दशदिने अल्टिमेटमसहित वार्ता प्रक्रियालाई तत्कालै टुंगोमा नपुर्‍याए वार्ताको टेबुल छाड्ने चेतावनीसमेत दिएको छ । माओवादीले दिएको दशदिने अल्टिमेटम गुज्रिएमा उसले तत्कालै वार्ता भंग गरी तेश्रो जनआन्दोलन घोषणा गरी त्यसको नेतृत्वसमेत गर्ने जनाएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/09/02/p-292/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users