Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

September 3, 2006

राष्ट्रपति हत्याको टीवी ‘ड्रामा’

भाद्र १८,

ब्रिटेनको एक टीवी चैनल ‘चैनल फोर’लें अमरीकाको राष्ट्रपति जॉर्ज बुशको हत्या गरिएको एउटा टीवी ड्रामा बनाएको छ । टीवी ड्रामाको नाम ‘डेथ ऑफ ए प्रेसीडेन्ट’ हो । यस ड्रामामा राष्ट्रपति जॉर्ज बुशलाई गोली हानेर हत्या गरिएको देखाइएको छ । आतंकवाद विरुद्ध युद्धको प्रभावलाई देखाउन बनाइएको उक्त ड्रामा ९० मिनेटको छ र सन् २००७मा शिकागो भ्रमणको बेला हत्या गरिएको देखाइएको छ । आगामी महिना टोरन्टोमा यस फिल्मको ‘प्रीमियर-सो’ हुनेछ र त्यस पछि ब्रिटेनकै अर्को चैनल ‘चैनल मोर फोर’मा पनि देखाइने छ, तर टेक्ससमा रिपब्लिकन पार्टीले यस ड्रामाको कडा विरोध गरेको छ । यस ड्रामाको कारणले राष्ट्रपतिको हत्याको प्रयास हुन् सक्ने पनि सम्भावना बताइएको छ । राष्ट्रपतिको विरुद्ध भावना बोकेका मानिसहरुको कमि नरहेको र यस ड्रामाले तिनीहरुलाई प्रोत्साहन दिने तत्व हुन् सक्ने बताउदै यस ड्रामाको प्रसारणमा रोक लगाइने भनिएको छ , तर ‘चैनल मोर फोर’का प्रमुख पिटर डेल यो ड्रामा ‘डेथ ऑफ ए प्रेसीडेन्ट’को पुरा भाग हेरेपछि मात्र यसलाई एउटा राम्रो कामको नाम दिइने कुरामा विश्वास गर्नुहुन्छ । हामीले उक्त ड्रामा हेर्ने मौका त पाउँछौ/पाउँदैनौ तर यो त हेर्न सकिन्छ नि !!

स्मरण रहोस् संसारको दस प्रमुख तानाशाहको सुचिमा अमेरिकाको राष्ट्रपति जार्ज डब्ल्यु बुसलाई चौथो स्थान दिइएको छ । त्यस्तै पाकिस्तानको राष्ट्रपति जनरल परवेज मुशर्रफलाई पनि सातौ स्थान दिइएको छ । बिबिसी हिन्दीका अनुसार विश्वको प्रमुख दस तानाशाहीहरुको सुचिमा कम्रश: राबर्ट मुजावे (जिम्बाबवे) , अडोल्फ हिटलर(जर्मनी), अगस्तो पिनाशे(चिली), जार्ज डब्ल्यु बुस(अमेरिका), किंग जोंग इल (उत्तर कोरिया), जोसेफ स्टालिन (रुस), परवेज मुशर्रफ (पाकिस्तान), अलेक्जेन्डर लुकाशेनो (बेलारुस), अयातुल्ला अलि खमैनी (ईरान) र सपरमुरत नियोजोव (तुर्कमेनिस्थान) आउछन् । त्यस्तै विश्वको सबैभन्दा ठुलो सेना भएको राष्ट्रमा क्रमश: चीन, उ.कोरिया, पाकिस्तान, ईरान र म्यानमार रहेको छ ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/09/03/p-293/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users