Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

September 7, 2006

हाँस्ने पालो !!

Filed under: Jokes

भाद्र २२,

तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।

***********************************

एउटा केटा अमेरिका गएपछि एउटा यस्तो दवाई पाएछ, कि त्यो दवाई खाँएभनें मान्छेको उमेर घटेर बुढो पनि भर्खरको देखिने रहेछ । उसले त्यो दवाई किनेर आँफुले पनि खायो र अलिकत नेपालमा आफ्नो आमालाई पनि पठाई दिएछ । आमाले त्यो दवाई खाएर भर्खरको तरुनी भएछन् । केहि महिना पछि त्यो केटा नेपाल फर्के पछि आफ्नो आमालाई त चिनेछ तर आमाको काँखमा एउटा बच्चा देखेर छक्क पर्दै सोधेछ,” आमा यो को नि ?” आमाले-’ यो तेरो बाँउ हो , उहाँले चार-चार वटा दवाई खाएर यत्रो बच्चा हुनु भएको ।’

***********************************

एउटा मुडलो मान्छेलाई उसको साथीले सोध्यो,’ यार ! तेरो टाउकोमा कपाल छैन् तँलाई केहि अप्ठार्‍यारो हुदैन ? साथीले उत्तर दियो,’ खासै अप्ठार्‍यारो हुदैन् तर कहिले-काहि बिहान मुख धुँदा कहाँ सम्म धुने हो थाहा हुदैन ।

***********************************

प्रेमिका (प्रेमीलाई) : तिमीलाई यो सानो मेडल के मा पायौ ?
प्रेमी : गीत गाएर पाएको ।
प्रेमीका : अनि यो ठुलो मेडल नि ?
प्रेमी: गीत गाउन बन्द गरेकोले पाएको ।

***********************************

एक दिन एउटा पसले मरेछ , यमराजको अगाडी पुगेपछि यमराजले पसलेलाई सोधेछ,’ भन् तिमी कहाँ जान चाहान्छौ ? पसले,’ म स्वर्ग पनि जान चाहान्न र नर्क पनि जान चाहान्न , बरु म (स्वर्ग र नर्कको) बिचमै बस्छु र पसल थाप्छु अनि दुबैतिरको ग्राहक मेरो पसलमा आँउछन् ।

अन्य चुट्किला यहाँ पनि छ ।

1 Comment »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/09/07/p-290/trackback/

  1. तपाईं को चुत्किला धेरै राम्रो लगो फेरी पनि अझै राम्रो हामी लाई पस्कनु होला भन्ने आस छ पछि तपाईं लाई पनि हामीले सहयोग गर्ने छम जेहोस् आज को युबा ले एस्त रोचक कहाँनी अनि चुकिला हरु मन पराउने गर्छ्न हस्त तपाईं लाई धन्यवाद

    Comment by prakash — September 9, 2006 @ 1:58 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users