Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

September 14, 2006

माओवादी शंकाको मुख्य विषय

Filed under: समाचार

काठमाण्डौ/भाद्र २९,

माओवादीहरूले नेपाली सेनाले वीरगञ्ज भएर भारतबाट हात-हतियार भित्र्याएको आरोप लगाउँदै बुधबार देशका विभिन्न भागमा घण्टौंसम्म विरोध प्रदर्शन गर्दै यातायात अवरुद्ध गरे। हातहतियार बोकेर आएका भनिएका सैनिक सवारीहरू मंगलबार साँझ धादिङको गजुरीस्थित संग्राम सार्दुल गुल्ममा राखेर राता-रात खाली गरेको आरोप माओवादीले लगाएका छन् । युएनको शान्ति सेनाले प्रयोग गर्ने जस्तो देखिने ति सवारी साधनहरु सेतो रङ्ग थिए । अहिलेको यो घटनाले वार्तामा केहि असर पुर्‍याएको छ । माओवादीले भारत र नेपाल सरकार दुबैमा शंका गरेको र सो हतियार काठमाण्डौ भित्राईने शंकामा ठाँउ-ठाँउ जाँच गरेको छ । टायर बालेर काठमाण्डौ लगायत प्रमुख शहरहरुमा विरोध प्रदर्शन गरि राजमार्गका ठाउँठाउँमा यातायात अवरुद्ध गरिंदा लाखौं मानिसहरूलाई असर पर्नेगरी घण्टौसम्म सामान्य जनजीवन अस्तव्यस्त भएको थियो ।

शंकाको मुख्य विषय : धादिङको सार्दुल गुल्ममा राखिएका वाहन

मेरो भनाई :

देशको अवस्था नाजुक हुदै गैरहेको हामी समस्त नेपालीवासीहरुलाई आभास भै रहेको छ । नेताहरु आफ्न बाटोमा छन् भने माओवादीहरुको त के कुरा ? नेताहरुलाई कहिले कोरिया कहिले अमेरिका । हैन यि नेताहरुलाई हामी नेपाली जनताहरुको र मुलुक बारे केहि चिन्ता छैन कि क्या हो ? अहिलेको वर्तमान अवस्थामा देशको सबै भन्दा महत्वपुर्ण कार्य भनेको देशमा शान्ति ल्याउनु हो, तर नेताहुरुको चालाखेलाले त अझैं १ वर्ष सम्मपनि कुनै शान्ति देखिदैन न शान्तिको पहलहरुको भान नै भैरहेको छ । फेरी माओवादीहरुलाई त के दिन-दिनै चन्दा असुल, अपहरण, हत्या आतंक मात्र ! सानो निँहु पायो कि बस् चक्का जाम । अरे देशमा शान्ति चाहिएको छ , यदि माओवादीले पनि साँच्चिकै शान्तिनै खोजेको हो भनें किन् नयाँ-नयाँ बहाना कहिले के त कहिले के ? देशमा शान्तिनै ल्याउनु पर्ने हो र नयाँ नेपालको निर्माण गर्नुपर्ने हो भने हतियार किन चाँहियो र ?? हतियार त्यागेर सत्तामा आए भैं हाल्छ नि ! देशमा शान्ति ल्याउने हो भने हामीले जे पनि त्याग गर्नु पर्छ । अनि मात्र आउँछ देशमा शान्ति र मात्र हुन्छ देशको विकास । मुखले मात्र हैन व्यवहारमा पनि उतार्नु पर्छ । होईन र ??

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/09/14/p-304/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users