आश्विन ८ गतें,
सर्वप्रथम विगत लगभग १ महिना देखि कंम्पनीमा लगातार कामको चाप बढेकोले ब्लगमा निरन्त्रता दिन नसकेको जानकारी गराउन चाहान्छु । प्रवासी भुमिमा पाइला टेकेको पनि ३ वर्ष पुरा हुन् लागेको र बस्ने मन हुँदा-हुँदै पनि स्वदेश फर्कनु पर्ने बाध्यता एउटा तितो सत्य हो । हामी नेपाली एक चोटी विदेश गएपछि स्वदेश फर्कने चाहाना सायदै कमैको होला भन्नेमा दुई मत छैन । मुखलें जे भनें पनि मनलें विदेशमै बसेर टन्न पैसा कमाउने र सकेसम्म उतै घरजाम गर्ने विचार धेरैको नहोला भन्न मिल्दैन , तर सबैमा यो कुरा लागु हुन्छ भन्ने पनि छैन ।
हामी नेपालीको यस्तो गर्नु बाध्यता पनि हो , तर यो बाध्यतामा हामी नेपाली आफ्नै कारणले गर्दा भएको हो । दु:ख कष्ट गरेर विदेश जान्छौ अलिकत पैसा कमाउँछौ , अलिकत सीप ज्ञान सिक्छौ र सोच्छौ “नेपाल जानें एउटा घर किन्ने ,एउटा राम्रो केटी हेरेर घरजाम गर्यो , बैंक ब्याँलेन्स , मोटर कार…….. आधा घर भाडामा दियो बस् त्यति भए हात मुख जोड्न पुगी हाल्छ ।” यहि नै सत्य हो ,…फेरी खोई त्यो विदेशमा सिकेको सीप ? त्यो दु:ख कष्ट ? आफ्नो घरमात्र सबथोक, देशको विकासको लागी केहि गर्नु पर्दैन । हामीले त दु:ख गर्यौ , अनि हाम्रो सन्ततिहरुलाई के नि ? उनिहरुलाई पनि फेरी उहि ‘विदेश’ , उहि दु:ख कष्ट, यहि सिकाउने ? होईन ! हामीहरुले यो चलन बढल्नु पर्छ , आखिर कहिलेसम्म हामी विदेश धाँउने , कति गर्ने अर्काको गुलामी ? त्यसैले हामीले यसबारे राम्ररी सोच्नु पर्छ । बस् आजलाई यत्ति भन्दै बडा दसैको फेरी पनि शुभकामना र यो राशिफलको फोटोहरु तल राख्दै छुँ । यो फोटो मलाई राम्रो लागेर मात्र राखेको हो ।

मेष राशि ^

वृष राशि ^

मिथुन राशि ^
बाँकि फोटो भित्र

कर्कट राशि ^

सिंह राशि ^

कन्या राशि ^

तुला राशि ^

वृश्चिक राशि^

धनु राशि ^

मकर राशि ^

कुम्भ राशि ^

मीन राशि ^
ठुलो साइजको फोटो हेर्नलाई यहाँ क्लिक गर्नुहोस् ।