Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

September 25, 2006

यसपाली पनि दशैंको नराम्रो साइत…

Filed under: समाचार

आश्विन ९ गतें,

एकातिर देशमा दशैंको रमझम , पुरै देश दशैंको तैयारीमा तर अर्को तिर कस्तो अभाग्य, तीन दिन अघि शनिबार ‘घटस्थापना’को दिन ताप्लेजुङको घुन्साबाट वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई, नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदूत पाउली मस्टोनेन लगायत चौबीस जना सवार हेलिकप्टर सदरमुकाम फर्किने क्रममा श्री एयरवेजको हेलिकप्टर उडेको केही बेरपछि सम्पर्क विहिन भएको र आज दिउँसो सवा १ बजेतिर घुन्सादेखि एक माइल दक्षिण पश्चिमस्थित जंगलको खोँचमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

दुर्घटनाग्रस्त हेलिकप्टरको चारैतिर लाशै-लाश भएको र हेलिकप्टरमा सवार चौबिसैं जनाको अकल्पनिय निधन भएको दु:खको खबर छ । हेलिकप्टर खराब मौसमको कारणले एउटा पहाडसँग ठोक्किन पुगेर आगलागी भएको र एक जना बाहेक सबैको लाश डढेको अवस्थामा फेला परेको थियो । खराव मौसम भएकाले हेलिकप्टर बस्न नसकेको र मृतकहरुको शव ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनेहरु यात्रीहरु :

  1. वन तथा भू-संरक्षण राज्यमन्त्री - गोपाल राई
  2. उहाँकी पत्नी - मीना राई
  3. वन तथा भू-संरक्षण मन्त्रालयका कामु सचिव - डा. दामोदर पराजुली
  4. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक - नारायण पौडेल
  5. वन विभागका महानिर्देशक - शरद राई
  6. नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदूत - पाउली मस्टोनेन
  7. युएसएडका उपनिर्देशक - मार्गरेट अलेक्जेन्डर
  8. युएसएड कार्यक्रम विकास विशेषज्ञ - डा. विज्ञान आचार्य
  9. डब्लुडब्लुएफ युकेका संरक्षण निर्देशक - डा. जिल बाउलिङ्ग
  10. डब्लुडब्लुएफ युकेका संयोजक - जेनिफर हेड्ली
  11. डब्लुडब्लुएफ युएसएको इएचइसीका प्रबन्ध निर्देशक - मिङ्मा नोर्बु शेर्पा
  12. डब्लुडब्लुएफ युएसए कार्यक्रम अधिकृत - म्याथ्यु प्रिस
  13. डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि - डा. चन्द्र गुरुङ
  14. डब्लुडब्लुएफ नेपालका राष्ट्रिय सल्लाहकार - डा. हर्क गुरुङ
  15. एएसआरएसजीका उपसभापति - डा. तीर्थमान मास्के
  16. डब्लुडब्लुएफ नेपालका - यसी लामा
  17. नेपाल उद्योग वाणिज्य महासंघका सदस्य - विजय श्रेष्ठ
  18. नेपाल टिभीका - हेमराज भण्डारी
  19. नेपाल टिभीका - सुनील सिंह
  20. केसीएएमसीका अध्यक्ष - दावा छिरिङ्ग
  21. चालक दलका क्याप्टेन - मिङ्मा शेर्पा
  22. चालक दलका क्याप्टेन - तन्डु श्रेष्ठ
  23. रुसी नागरिक - एस. भ्याल्लेरी, र
  24. रुसी नागरिक - के किम

दशैंको बेला दुर्घटनामा परी बिशिष्ट ब्यक्तित्वहरुको निधन भएकोमा मेरोनेपाल गहिरो दुःख ब्यक्त गर्दै दिवंगत आत्माहरुको चिरशान्तिका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

1 Comment »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/09/25/p-310/trackback/

  1. O MY GOD kya dukha lagdo kura sun nu pare ko yas pali ko dasai ma sabai pad aadhikari haru ko saradhnjali ;
    tapai haru lai dasai ko subhakaman hai na aatma chir santo saradhnjali . la ma suman lama bata

    suman lama
    orz 155 satland
    javal camp
    u k

    Comment by suman lama — September 25, 2006 @ 5:58 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users