आश्विन ३०,
देश र देशवासीको चिन्ता नगरी हतियार व्यवस्थापन र राजतन्त्रलाई नै लिएर महिनौ देखिको शिखर वार्ता फेरी पनि विना निष्कर्ष भएको छ । अझ यसपाली त सधैं झै अर्को वार्ता कहिले हुने हो त्यो पनि घोषणा भएको छैन । भनौ!! वार्ता विना निष्कर्ष अनिश्चितकालसम्मको अर्को सुचना नआएसम्मको लागि स्थगित भएको छ र वार्ता पछि पत्रकार सम्मेलनको आयोजना पनि भएन ।
हिजो ३:२० बाट शुरु भएको वार्तामा माओवादी वार्ता टोलीमा अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादललगायत ६ जना सहभागी थिए भने सात दलका शिर्ष नेताहरुको सहभागिता रहेको थियो । वार्तामा यसअघि उठेका सबै विषयमा सहमति भएपनि राजतन्त्र र माओवादीको हतियार व्यवस्थापनका बारेमा कांग्रेसले आनाकानी गरेकाले वार्ता असफलतातिर गएको अनुमान गरिएकोछ । बैठकपछि नेताहरु कसैलाई जान नदिइएको प्रधानमन्त्री निवासको १ नम्बर गेटबाट निस्केर सुटुक्क भागेका थिए । उता प्रधानमन्त्री निवास बालुवाटारमा भित्र वार्ता चलिरहेकै केला बाहिर माओवादी निकटका माओवादी निकटको गणतान्त्रिक मोर्चा, गणतान्त्रिक विद्यार्थी संयुक्त क्रान्तिकारी, नेवा मुक्ति मोर्चालगायतले कोणसभा आयोजना गरेका थिए । वार्ता सफल बनाउनका लागि दबाव दिने उद्देश्यले गरिएको उक्त कोणसभामा माओवादी नेतृ हिसिला यमी, बाम बुद्धिजीवी श्याम श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपाने लगायतका विभिन्न नेताहरुको सहभागिता रहेको थियो । माओवादीहरुले सो अवसरमा साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरेका थिए । वार्तास्थलमा वार्ता सफल बनाउन दबाव दिन ठुलो संख्यामा सर्वसधारण लगायतका संघसंस्थाहरुको उपस्थिति रहेको थियो ।