कार्तिक १२ गते,
(गफाडीहरुको गफ गर्दै)
पहिलो : मैलें उमलिरहेको चिया गिलासमा हाल्न साथ पिएर सिध्याउछु ।
दोस्रो : ह्या !! त्यो त के तातो, मैले त चिया पकाएको भाडाबाट सिधैं मुखमा खन्याउँछु । तेस्रो पनि कम थिएन भन्छ :
मैलें जति तातो त तिमीहरुले खानै सक्दैन । मैले त चिया-पत्ती, चिनी पानी सबै मुखमा हाल्छु र आफैं चुल्हामा(गैस) बस्छु ।
************************
दुई बच्चाहरु झगडा गरिरहेका थिए । एक जना भलाड्मी मान्छेलें तिनीहरुलाई नछुट्याएर उल्टो भन्दै थिए ,’ दाँतमा हान, दाँतमा !!’ । वास्तवमा ति भलाड्मी मान्छे दाँतको डाँक्टर रहेछ ।
************************
तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए । पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो
६४ वटै दाँत भुँईमा खसाली दिन्छु । झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’ मान्छेको पनि ६४ वटा दाँत
हुन्छ र ??’ ‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलो भन्यो ।
************************
धेरै दिन पछि हरीलाई भेट्दा हातमा पट्टी बाँधेको देखेर रामले सोध्यो : ‘ हैन के भयो ?’
हरीले भन्यो : ‘ भाग्यले बाँचेको !!,
फेरी रामले सोध्यो : ‘ हैन के भएको थियो र ??
हरी भन्यो : ‘ म बाटोमा हिडिरहेको थिए , उता बाट ट्रक ‘फुल स्पिड’मा आइरहेको थियो कि म चिप्लेर लडे , ट्रकले मेरो टाउको कुच्लनै आँटेको थियो कि मैले फ्याट्ट टाउको हटाएर यो हाथ राखिदिए । म बाठो नभएर यो हात नराखेको भए आज ट्रकले मेरो टाउको ……. ।
यहाँ पनि छ ।