Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

November 22, 2006

शान्तिको देशमा शान्तिको शुरुवात

Filed under: समाचार

मंसिर ६ गतें,

काठमाडौंको विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एउटा विशेष समारोहका बीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादी अध्यक्ष प्रचण्डले २०५२ सालदेखि नेपाल कम्युनिष्ट पार्टी माओवादीद्वारा संचालित सशस्त्र द्वन्द्व सरकार र माओवादीबीच मंगलबार साँझ भएको ऐतिहासिक शान्ति सम्झौतापछि औपचारिक रुपमा अन्त्य भएको घोषणा गर्दै संझौता पत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौतामा राजाको कुनै राजनीतिक अधिकार नहुने, व्यक्तिगत स्वतन्त्रताको प्रत्याभूति दिइने, हत्या, अपहरण, बलजफ्ती, चन्दा असुली लगायतका दबावमूलक कार्यहरु दुवै पक्षबाट बन्द गरिने कुरा पनि सम्झौतामा उल्लेख छ । त्यसैगरी बाल सैन्य भर्नामा रोक, शिक्षण संस्थामाथिको सैनिक गतिविधिको अन्त्य, द्वन्द्वबाट विस्थापितहरुलाई आफ्नो घर फर्कन वा चाहेको स्थानमा जान सक्ने वातावरणको प्रत्याभूति दिने कुरामा पनि सरकार एवं माओवादी दुवै पक्ष सहमत भएका छन् । संझौतापत्र पढेर सुनाउँदै गृहमन्त्री कृष्णप्रसाद सिटौला भन्नुहुन्छ , “२०५२ सालदेखि चली आएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछु।” उक्त संझौतासँगै माओवादी विद्रोहीहरूले १० वर्षदेखि जारी राखेको सशस्त्र संघर्षको विधिवत अन्त्य भएको घोषणा गरिएको थियो। उक्त संझौता अन्तर्गत दुवै पक्षले अब एक अर्कामाथि आक्रमण गर्ने छैनन्। (more…)

November 20, 2006

कुरा मेरो जन्मदिनको..

मंसिर ४ गतें, आज मेरो जन्मदिन । वास्तवमा मैंले मेरो जन्मदिनको दिन आफ्नो जन्मदिन आजै हो भनेर थाहा पाएको यो पहिलो पटक हो । मलाई अझै सम्झाना छ आमालें मेरो जन्म कथा सुनाउँदा भन्नु भएको । म जन्मेको भोली पल्ट ‘शत्‌विजरोषण’ ( शत्‌विज छर्ने) दिन थियो रे , र गलेश्वरमा (म्याग्दीको एक पवित्र स्थल जहाँ शिवजीको ठुलो मन्दिर छ ।) शत्‌विज छर्नका लागी दिनभरी र राती पनि मान्छेहरुको धुईरो थियो रे । हाम्रो घर मुख्य बाटोमा पर्ने भएकोले रातीपनि मान्छेहरु हिडेको प्रष्टै थाहा हुन्थ्यो । हो त्यहि दिन बेलुका जन्मेको रे म । त्यसताका यो दिन गलेश्वरमा ठुलो जिल्लास्तरिय मेलाको आयोजना हुने गर्थ्यो रे । मैले थाहा पाउँदा पनि त्यहाँ मेला लाग्ने गर्थ्यो, धवलागिरीको चारै जिल्लाबाट मेलामा हुने खेलहरुको प्रतियोगितामा भागलिन त्यहाँ आउन गर्थे । मान्छेहरुको भिडमा खुट्टा राख्‍ने ठाँउसमेत हुदैन्थ्यो । एकपल्ट म पनि त्यहाँ हराएको सम्झाना ताजै छ , तर माओवादीको चलखेल बढेपछि अहिले त्यो चलन हराएको भएतापनि शत्‌विज छर्ने चलन अझै कायामै छ ।

म जन्मिने साल कति हो ? त्यो त मलाई थाहा हुने कुरा भएन तर आमाको अनुसार म आजै अर्थात मंसिर ४ गतें जन्मेको तर ‘कुन साल ?’ भन्दा खासै सम्झाना नरहेको बताउनु हुन्छ, त्यतिबेला आजभोलीको जस्तो अस्पताल त थिएन जसमा जन्मिन साथ गते, बार, समय …सेकेन्ड समेत टिपिन्छ । तैपनि मेरो गाँव त अति विकत ठाँउमा घामको झुल्को हेरेर समयको अनुमान गर्ने जमाना …कसले टिप्छ जन्मेबार ? जन्म सालकै कुरा गर्नु पर्दा नेपालबाट त्यस्तै ८, १० वर्षको उमेरमा इण्डियातिर अध्ययनको लागी गएको त्यहाँ जन्मदिन भनेर कति लेखाउनु भयो या लेखाउनु भएन त्यो पनि थाहा भएन, तर चिनामा (जन्मपात्रोमा) २०३३ सालको भनेपछि आमाको भनाई अनुसार २०३३-०८-४ गतें शुक्रबार हुनुपर्ने तर नागरिकतामा २०३३-०८-१२ शनिबार छ । छोटकरीमा भन्नुपर्दा मेरो लगभग हरेक कुरामा जन्मदिन या जन्मबार अलग अलग छ । त्यसैले मलाई मेरो आफ्नै जन्मदिन ठिक सँग थाहा छैन । जे भएपनि मैले मेरो जन्मबार ‘शुक्रबार’ र जन्मदिन २०३३ साल मंसिर ०४ गते नै मान्छु र मेरो प्रायजसो सबै डकुमेन्टहरुमा पनि यहि छ ।

नामको कुरा गर्नु पर्दा पनि त्यस्तै छ । चिनामा त मेरो नाम ‘राम’ छ , तर ८, १० वर्षसम्म नेपालमै हुँदा ‘टेक नारायण’ रे, इण्डियामा गएपछि शुरुमा ‘टेक प्रसाद’ रे फेरी होस्टलमा भर्ना हुँदा ‘प्रेम प्रसाद’ र फेरी नेपालमा फर्के पछि हाल अहिलेको नाम ‘टंक प्रसाद’ नै छ । यो त समय र ठाँउ अनुसार मेरो नाम मेरो अभिभावकहुरुले फेर्दै गए तर जन्मपत्रोमा भएको नाम ‘राम’ नराखेर किन मेरो नम ‘टंक’ हुन् पुग्यो त्यो चाँहि थाहा हुन् सकेन । कोई छ मेरो नाम ‘टंक’को अर्थ बताउने वाला ?

फेरी जन्मकै कुरा गर्दा मर्ने कुरा पनि गर्नु पर्‍यो । जन्मँदा त मान्छेहरुलाई थाहा हुन्छ तर मर्दा… अँह.. थाहा हुदैन । त्यो चाँहि किन होला हैं ? त्यसैले होला कमप्युटरयुगमा धेरैलें मर्ने मिति थाहा पाउँने साईटहरु बनाएका छन् । http://www.deathclock.com यो एउटा साईट ‘Koreanp’ ब्लगबाट हेरेको, जसअनुसार म Thursday, September 08, 2050 मा मर्ने रहेछु । भनेपछि म लगभग ७४ वर्ष बाँच्ने रहेछु । ओह !! यो के ? यदि मैले धुम्रपान गर्थे भनें Tuesday, March 10, 2043 सालमा मर्ने रहेछु । भनेपछि धुम्रपान गर्दा मेरो भिषा लगभग सात वर्ष अगाडीनै लाग्दो रहेछ । धन्य प्रभु…. म धुम्रपान गर्दैन !! तपाई नि ? धुम्रपान ……? कि…… ? धुम्रपान भनेको सात वर्षको फरक रहेछ । ……मात्र सात……… ल त बाँई…बाँई …।।।

November 17, 2006

कमप्युटर, गन्हाउने मोजा देखि टाढा…

मंसिर १ गतें,


” ग्रिन मशिन” नामक १०० USD मा पाईने हरियो रङ्गको सानो लैपटप ।”

कमप्युटर (लैपटप) आधुनिक जमानामा सबैभन्दा उपयोगी वस्तु , सबैलाई थाहा भएको कुरा हो नभने पनि हुन्छ , तर यसको मुल्य अलि बढि, अझ नेपाल जस्तो गरिब देशमा त यसको के कुरा । अझ कमप्युटरमा इन्टरनेट नभएपछि त नुन बिनाको तरकारी । तर आजभोली यो विभिन्न आकारमा पाईन्छ र कम पैसामा (१०० USD मा ) पनि पाईन्छ । त्यसैले मानिसहरु यसलाई साधारण तरिकाले उपयोग गर्ने गर्छन । कमप्युटर, लैपटप होस् वा त्यसको सामानहरु सबै सहजै तरिकाले उपयोग गर्छौं । जसल गर्दा हामीले पछि धेरै दु:ख पाउँछौं र पैसाको नोक्सान पनि हुन् जान्छ । त्यसैले हामीले यसको पाट-पुर्जाहर सँग राम्ररी सावधानी तरिकाले उपयोग गर्नु पर्छ ।

कमप्युटरको हार्डड्राइवलाई फोहोर मैला धुलो र गन्ध सहितको मोजा ,फोहोर टवेलहरु देखि टाढै राख्नु पर्छ । यसले हार्डड्राइवलाई नोक्शानी पुर्‍याएर यसमा सेभ गरिएको सबै फाइलहरु नष्ट हुन् सक्छ । पुरानो बिग्रेको केरा कम्प्युटरको बाहिर राखेमा यसको गन्धले पनि यस्तो हुनसक्ने वैज्ञानिकहरु बताउछन् । यि साधारण कारणहरु जसको सानो हेल्चेक्राईले हाम्रो कमप्युटर नष्ट हुन् सक्छ र हामीले हाम्रो फाईलहरु गुमाउन सक्छौं । सानो सावधानीले हामीले हाम्रो कमप्युटर नष्ट हुन् बाट जोगाउन सक्छौं ।

I Love you

Filed under: Poem

I love you,
Not only for what you are,
But for what I am
When I am with you.

I love you,
Not only for what
You have made of yourself,
But for what
You are making of me.

I love you
For the part of me
That you bring out;
I love you
For putting your hand
Into my heaped-up heart
And passing over
All the foolish, weak things
That you can’t help
Dimly seeing there,
And for drawing out
Into the light
All the beautiful belongings
That no one else had looked
Quite far enough to find.
(more…)

November 8, 2006

ऐतिहासिक सहमति वार्ता सफल

Filed under: समाचार

कार्तिक २२ गतें,

खुशीको खबर वार्ता सफल भयो । सम्पुर्ण नेपालीहरुलाई बधाई छ । हिजो सात राजनीतिक दल र माओवादीविच सहमति भएको छ । छैठौ चरणको शिर्ष बैठक सहमतिमा अन्तरिम सरकार, अन्तरिम संविधान, अन्तरिम संसद, हतियार व्यवस्थापन, संविधान सभा सबैको टुङ्गो लागेको छ । गएराति ९ बजे भएको सहमतिमा कात्तिक ३० गतेभित्र शान्ति सम्झौता गर्ने, मंसिर ५ गतेभित्र माओवादी सेना र हतियार क्याम्पमा राख्ने, ३ सय ३० सदस्यीय अन्तरिम संसद बनाउने, अन्तरिम संविधान अन्तरिम संसदले अनुमोदन गर्ने, संविधान सभाको निर्वाचन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार गरी आठ दलबीच भएको २१ घण्टा लामो गम्भीर वार्ता र छलफलपछि आठै दलका शिर्ष नेताहरुले हस्ताक्षर गरी उक्त सम्झौता राति १ बजे नै सार्वजनिक गरिएको थियो । सहमति अनुसार माओवादीको हतियार व्यवस्थापन गरी मंसिर १५ गतेभित्र विधिवत रुपमा अन्तरिम सरकारमा ल्याउने बाटो खुला गरेको छ।
(more…)

November 6, 2006

इराकी राष्ट्रपति सद्दाम हुसैनलाई फाँसीको सजाय

Filed under: समाचार

कार्तिक २० गतें,

सद्दाम हुसैन एक परिचित नाम सद्दाम हुसैन, भुतपुर्व इराकी राष्ट्रपति, एक तानशाह एंव क्रुर शासक जसलाई मानवता विरोधी अपराधमा दोषी ठहर गरिएपछि बग्दादस्थित अदालतले फांसीको सजाय सुनाईएको छ । १३ महिनासम्म चलेको यो मुद्दामा अदालतले सद्दाम हुसैनका भुतपूर्व गुप्तचर प्रमुख, बर्जन इब्राहिम अल टिक्रिटी र भूतपूर्व मुख्य न्यायाधिश अवाद हमिद अल बन्दरलाई पनि मृत्युदण्डको सजायं सुनाएको छ।

उनीहरूको मुद्दा सन् १९८२ मा १४८ जना गाउंलेहरू मारिएका घटनासंग सम्बन्धीत छ । सद्दाम हुसेन, उनका सौतेनी भाई र भुतपूर्व न्यायाधिशलाई फांसीको सजायं सुनाईएको छ भने भूतपूर्व उपराष्ट्रपति ताहा यासिन रमादानलाई आजीवन कारावासको सजाय सुनाइएको छ। तीनजना भूतपूर्व पार्टी अधिकारीहरू -अब्दुल्लाह काजिम रूवाइद, उनका छोरा मिजार अब्दुल्लाह रूवाइद र अली दाइह अलीलाई पन्ध्र बर्षको सजायं दिइएको छ। अर्का अधिकारी मोहम्मद आजावी अलीलाई भने प्रमाणको अभावमा मुक्त गरिएको छ। सद्दाम हुसैनलाई सजाय सुनाउने जज

अदालतमा आउँदा उनको हातमा ‘कुरान’ थियो र सजा सुनाउने बेलामा “अल्लाहु अकबर, इराक जिन्दाबाद, इराकी जनता जिन्दाबाद ‘’ भन्दै कराईरहेका थिए र सजा सुनाए पछि उनले अदालत, जज र इराकमा भएको अमेरिकी सेनालाई गाली गर्दै थिए भनें अदालत बाहिर ल्याउँदा चुपचाप थिए र अनुहारमा हल्का मुस्कान पनि थियो ।

सजायं सुनाईए पछि बग्दादमा दुइवटा सुन्नी बाहुल्य भएको क्षेत्रमा अमेरीकी सैन्य र बन्दूकधारीहरूबीच भिडन्त भएको थियो। सद्दाम हुसेनको गृह नगर टिक्रिटमा पनि विरोध प्रदर्शन भएका छन्। फैसला पछि कहिं समर्थनमा त कहिं विरोधमा प्रदर्शनहरु भएका छन् तर इराकका बहुसंख्यक शियाहरूले भने सडकहरूमा बाहिर निस्केर खुशियाली मनाएका थिए।

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users