कार्तिक २० गतें,
एक परिचित नाम सद्दाम हुसैन, भुतपुर्व इराकी राष्ट्रपति, एक तानशाह एंव क्रुर शासक जसलाई मानवता विरोधी अपराधमा दोषी ठहर गरिएपछि बग्दादस्थित अदालतले फांसीको सजाय सुनाईएको छ । १३ महिनासम्म चलेको यो मुद्दामा अदालतले सद्दाम हुसैनका भुतपूर्व गुप्तचर प्रमुख, बर्जन इब्राहिम अल टिक्रिटी र भूतपूर्व मुख्य न्यायाधिश अवाद हमिद अल बन्दरलाई पनि मृत्युदण्डको सजायं सुनाएको छ।
उनीहरूको मुद्दा सन् १९८२ मा १४८ जना गाउंलेहरू मारिएका घटनासंग सम्बन्धीत छ । सद्दाम हुसेन, उनका सौतेनी भाई र भुतपूर्व न्यायाधिशलाई फांसीको सजायं सुनाईएको छ भने भूतपूर्व उपराष्ट्रपति ताहा यासिन रमादानलाई आजीवन कारावासको सजाय सुनाइएको छ। तीनजना भूतपूर्व पार्टी अधिकारीहरू -अब्दुल्लाह काजिम रूवाइद, उनका छोरा मिजार अब्दुल्लाह रूवाइद र अली दाइह अलीलाई पन्ध्र बर्षको सजायं दिइएको छ। अर्का अधिकारी मोहम्मद आजावी अलीलाई भने प्रमाणको अभावमा मुक्त गरिएको छ।
अदालतमा आउँदा उनको हातमा ‘कुरान’ थियो र सजा सुनाउने बेलामा “अल्लाहु अकबर, इराक जिन्दाबाद, इराकी जनता जिन्दाबाद ‘’ भन्दै कराईरहेका थिए र सजा सुनाए पछि उनले अदालत, जज र इराकमा भएको अमेरिकी सेनालाई गाली गर्दै थिए भनें अदालत बाहिर ल्याउँदा चुपचाप थिए र अनुहारमा हल्का मुस्कान पनि थियो ।
सजायं सुनाईए पछि बग्दादमा दुइवटा सुन्नी बाहुल्य भएको क्षेत्रमा अमेरीकी सैन्य र बन्दूकधारीहरूबीच भिडन्त भएको थियो। सद्दाम हुसेनको गृह नगर टिक्रिटमा पनि विरोध प्रदर्शन भएका छन्। फैसला पछि कहिं समर्थनमा त कहिं विरोधमा प्रदर्शनहरु भएका छन् तर इराकका बहुसंख्यक शियाहरूले भने सडकहरूमा बाहिर निस्केर खुशियाली मनाएका थिए।