Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

November 8, 2006

ऐतिहासिक सहमति वार्ता सफल

Filed under: समाचार

कार्तिक २२ गतें,

खुशीको खबर वार्ता सफल भयो । सम्पुर्ण नेपालीहरुलाई बधाई छ । हिजो सात राजनीतिक दल र माओवादीविच सहमति भएको छ । छैठौ चरणको शिर्ष बैठक सहमतिमा अन्तरिम सरकार, अन्तरिम संविधान, अन्तरिम संसद, हतियार व्यवस्थापन, संविधान सभा सबैको टुङ्गो लागेको छ । गएराति ९ बजे भएको सहमतिमा कात्तिक ३० गतेभित्र शान्ति सम्झौता गर्ने, मंसिर ५ गतेभित्र माओवादी सेना र हतियार क्याम्पमा राख्ने, ३ सय ३० सदस्यीय अन्तरिम संसद बनाउने, अन्तरिम संविधान अन्तरिम संसदले अनुमोदन गर्ने, संविधान सभाको निर्वाचन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार र मंगलबार गरी आठ दलबीच भएको २१ घण्टा लामो गम्भीर वार्ता र छलफलपछि आठै दलका शिर्ष नेताहरुले हस्ताक्षर गरी उक्त सम्झौता राति १ बजे नै सार्वजनिक गरिएको थियो । सहमति अनुसार माओवादीको हतियार व्यवस्थापन गरी मंसिर १५ गतेभित्र विधिवत रुपमा अन्तरिम सरकारमा ल्याउने बाटो खुला गरेको छ।

अन्तरिम संविधान समितिले मस्यौदा गरेको संविधानलाइ मंसिर ५ गतेसम्म पूर्णता दिने र अन्तरिम प्रतिनिधिसभाले त्यसलाई मंसिर १० गतेभित्र अन्तरिम संविधानका रुपमा घोषाणा गरेपछि प्रतिनिधिसभाका प्रतिगमनको पक्षमा लागेका बाहेक २ सय ९ जना सदस्यलाई कामय राखी माओवादीको ७३ जना थप्ने र सहमतिका आधारमा जनवर्गीय तथा पेसागत संगठन, उत्पीडित जाति तथा क्षेत्रका प्रतिनिधिहरु र राजनीतिक व्यक्तित्वहरुबाट ४८ जना मनोनित गरिनेछ ।

त्यसैगरी अन्तरिम संविधानमा राजालाई कुनै अधिकार र स्रोतविहीन बनाएर राख्ने र राजा राख्ने कि नराख्ने भन्ने निर्णय संविधानसभाको पहिलो बैठकको साधारण बहुमतबाट गर्ने सहमति भएको छ।

त्यसैगरी माओवादी हतियार एकल ताल्चा लगाएर भण्डारण गर्ने र माओवादी सेनाका तर्फबाट भण्डारण भएका हतियारको बराबरी संख्यामा नेपाली सेनाले पनि आफ्नो हतियार सुरक्षित भण्डारण गर्ने र एकल ताल्चा लगाई चावी सम्बन्धित पक्षले नै राख्नेछ, त्यस्तै सो ताल्चा लगाउने प्रक्रिया संयुक्त राष्ट्र संघको निगरानीको लागि उसको रेकर्ड, साइरनसहितको संयन्त्र जडान गरिनेछ । त्यसैगरी सरकारी सेनालाई ब्यारेकभित्रै सीमित गरिनेछ । नेपाली सेनाका हातहतियारहरु कसैको पनि पक्ष या विपक्षमा प्रयोग नहुने कुराको प्रत्याभूति गरिनेछ । त्यसरी नै माओवादी जनमुक्ति सेनालाई ७ वटा ठुला र २१ वटा सहयक शिविर गरी २८ वटा शिविरमा राखिनेछ । सम्झौतापत्रमा कैलाली, पाल्पा, सुर्खेत, रोल्पा, काभ्रे, सिन्धुली, र इलाममा मुख्य र सहायक शिविर स्थापना गरिनेछ । त्यसैगरी शिविरकै वरपर ३/३ वटा सहायक शिविरहरुसमेत रहनेछन् । माओवादी सेनाका लडाकुहरुको रेखदेख, समायोजन र पुर्नस्थापनाका निम्ति अन्तरिम मन्त्रिपरिषदले विशेष समिति बनाएर गर्नेछ । विस्तृत यहाँ पनि पढ्नुहोस् ।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/11/08/historic-agreement/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users