मंसिर १ गतें,

” ग्रिन मशिन” नामक १०० USD मा पाईने हरियो रङ्गको सानो लैपटप ।”
कमप्युटर (लैपटप) आधुनिक जमानामा सबैभन्दा उपयोगी वस्तु , सबैलाई थाहा भएको कुरा हो नभने पनि हुन्छ , तर यसको मुल्य अलि बढि, अझ नेपाल जस्तो गरिब देशमा त यसको के कुरा । अझ कमप्युटरमा इन्टरनेट नभएपछि त नुन बिनाको तरकारी । तर आजभोली यो विभिन्न आकारमा पाईन्छ र कम पैसामा (१०० USD मा ) पनि पाईन्छ । त्यसैले मानिसहरु यसलाई साधारण तरिकाले उपयोग गर्ने गर्छन । कमप्युटर, लैपटप होस् वा त्यसको सामानहरु सबै सहजै तरिकाले उपयोग गर्छौं । जसल गर्दा हामीले पछि धेरै दु:ख पाउँछौं र पैसाको नोक्सान पनि हुन् जान्छ । त्यसैले हामीले यसको पाट-पुर्जाहर सँग राम्ररी सावधानी तरिकाले उपयोग गर्नु पर्छ ।
कमप्युटरको हार्डड्राइवलाई फोहोर मैला धुलो र गन्ध सहितको मोजा ,फोहोर टवेलहरु देखि टाढै राख्नु पर्छ । यसले हार्डड्राइवलाई नोक्शानी पुर्याएर यसमा सेभ गरिएको सबै फाइलहरु नष्ट हुन् सक्छ । पुरानो बिग्रेको केरा कम्प्युटरको बाहिर राखेमा यसको गन्धले पनि यस्तो हुनसक्ने वैज्ञानिकहरु बताउछन् । यि साधारण कारणहरु जसको सानो हेल्चेक्राईले हाम्रो कमप्युटर नष्ट हुन् सक्छ र हामीले हाम्रो फाईलहरु गुमाउन सक्छौं । सानो सावधानीले हामीले हाम्रो कमप्युटर नष्ट हुन् बाट जोगाउन सक्छौं ।