Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

December 6, 2006

हाम्रो राष्ट्रिय गान

Filed under: अन्‍य

सयौ थुंगा फुलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची-महाकाली ।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुको रगतले, स्वतन्त्र र अटल ।

ज्ञानभुमि शान्तिभुमि तराई पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभुमि नेपाल ।

बहुल जाति, भाषा, धर्म संस्कृति छन् बिशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

एकाबिहानै साथीको मुखबाट निस्केका यी गीतहरुले म झसङ्ग भए, आँखा मिच्दै उठे, धेरै ढिलो भएछ । साथीले बिहानै यो गीत मेरो संसार ब्लगबाट पढ्दै हुनुहुन्थ्यो । साथीलाई सोधे यो त गीत होइन रहेछ गीतको बाँउ पो रहेछ, अर्थात भर्खरै राष्ट्रिय गीत छनोटका क्रममा ओखलढुंगाका कानुन व्यवसायी ३५ वर्षिय प्रदिप कुमार राई “व्याकुल माइला” को गीत (अहिलेको राष्ट्रिय गीत) पो रहेछ । यस राष्ट्रिय गीतको बारेमा त धेरैले धेरै कुराहरु लेखिसकेका छन् त्यसैले म थप्न चाहान्न । वास्तवमा कंम्पनीमा लगातार कामको बढ्ढो चापले गर्दा ब्लग अपडेट गर्ने मौका नै पाँउदैन । प्रत्येक आईतबारको छुट्टीमा प्रवासी नेपाली पत्रकार संघको मिटिङ्गमा जानु पर्ने हुनाले अगाडीझै आईतबार ब्लग लेख्‍ने मौका पनि गुमाएको छु । हाम्रो प्रवासी नेपाली पत्रकार संघ द.कोरियालाई पनि गएको १२ नोवेम्बरबाट नेपाल पत्रकार महासंघले आफ्नो सम्पर्क समितिको आधिकारिक मान्यताको पत्र प्रदान गरेको थियो।

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/12/06/p-329/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users