१.
राम- यो मेरो एकदम इमान्दार कुकूर हो । यसले दैनिक मलाई कान्तिपुर पत्रिका लिएर दिन्छ ।
अर्जुन(साथी)- जाबो पत्रिका लिएर दिनुलाई पनि इमान्दारिता भन्छन् ?
राम- किन नहुनु त ?। छिमेकीकोबाट पत्रिका उठाएर ल्याउनु कति ‘रिक्स’को कुरा हो , जो त्यहिले कहाँ सक्छ ।
*******************************
२.
चारजना साथी पिकनिक जाने बिचार गर्दै थिए । सबैले खानेकुरा घरबाटै लिएर जाने निधो गरे ।
पहिलो : म मिठाई लैजान्छु ।
दोस्रो : म दाल-तरकारी ल्याउछु ।
तेस्रो : म रोटी, परौठा बनाएर ल्याउछु ।
चौठो (जुन अलि कंजुस थियो ): म आफ्नो दुबै भाईलाई लिएर आउछु ।
*******************************
३.
भुगोलको शिक्षकले विधार्थीलाई प्रश्न गर्छन् ।
शिक्षक : हामीलाई सुर्य र चन्द्रमा कुनबाट बढि फाइदा हुन्छ ।
एउटा विधार्थी तुरन्त उठेर: चन्द्रमा बाट सर ।
शिक्षक : कसरी ?
विधार्थी : सुर्यले उज्यालोमा मात्र प्रकाश दिन्छ जसले केहि काम हुदैन तर चन्द्रमाले अन्ध्यारो पनि उज्यालो बनाई दिन्छ त्यसैले ।
*******************************
४.
एउटा शववाहन गाडीमा शव राखेर पशुपति तिर लैजादै थिए तर गाडी बन्द थियो र सबैले त्यसलाई धकेलेर लैजाँदै थिए । त्यो देखेर एउटा बटुवाले सोधेछ - किन गाडी खराब भएको छ र ? कसैले उत्तर दिएछ : होईन , मर्ने मान्छेको अन्तिम इच्छा थियो कि कुनै पनि हालतमा पेट्रोलको बचत हुनु पर्छ ।
*******************************
५.
बिरामी श्रीमानलाई श्रीमति र छोरा मिलेर अस्पताल लैजान्छन् । अस्पताल लगेको एकछिन पछि डाँक्टरले भन्छ : वहाँ त मरिसक्नु भएको छ । त्यो सुनेर बिरामी जुरुक्क उठेर भन्छ : म त ज्युँउदै छु । जहिले पनि श्रीमानको कुरा काट्ने बानी परेको श्रीमति भन्छिन् : नकराउनुस् ! तपाई डाँक्टरले भन्दा जान्नुहुन्छ कि क्या हो ?
आजलाई यत्तिनै ……