Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

December 21, 2006

ब्लगिङ्गको एक वर्ष

पुष ६ गतें,

आज भन्दा ठिक एक वर्ष अगाडी मैले ५ वटा कविताहरु बाट ब्लगिङ्ग शुरु गरेको थिए । त्यस बेलाको फुर्सदको समयमा शुरु गरेको मेरो नेपाललें एक वर्ष पुरा गराउने कुनै योजना थिएन तर आज जसो तसो एक वर्ष पुरा गरेको छ । नेपालमा हुँदा साथीले हटमेलमा ई-मेल खोलिदिएको र अर्को पटक खोल्न नआँउदा पछि Dead भएको कुरा पनि हिजो अस्ती जस्तो लाग्छ । यहाँ आएर शुरुमा साइबर जानी-नजानी कम्प्युटर चलाए र पछि साथी/दाई (बिकाश) कोठामा गएर कम्प्युटरको बारेमा अलिकत सिक्ने मौका पाए र त्यहिबाट याहुमा ई-मेल खोले र याहु च्याटमा विभिन्न देशहरुको च्याटरहरु च्याटमा मात्र दिन बितिरहेको थियो ।

एक दिन दाईले कति च्याटमा मात्र व्यस्त हुने यसो नेपालको न्युजहरु पनि हेर्ने गर्नु पर्छ भन्नु भा’को र वहाँको ब्लग पढ्दा (शुरुमा वहाँको ब्लगस्पटमा ब्लग थियो अहिले सो Delete गर्नु भा’को छ । ) म पनि ब्लग तिर ध्यानाकर्षण भए र मैले पनि ब्लग दर्ता गर्न पुगें । धेरै कुराको अज्ञानताले शुरुमा ब्लगिङ्ग गर्न अलि कठिन भएको थियो तर पछि पछि ठिक-ठिकै भयो । कहिले साईवरबाट कहिले दाईको बाट ब्लगिङ्ग गर्न थाले, फेरी त्यो पनि सम्भव भएन र मैले पनि कोठामा ईन्टरनेट राख्‍ने बिचार गरे र कोठाकै साथीसँग मिलेर कम्प्युटर+ ईन्टरनेट राखे र मासिक नेपाली लगभग तीन हजार तिरेर अझसम्म ईन्टरनेट चलाई राखेको छु । त्यसबेलाको फुर्सदको समयमा त ठीकै थियो तर अहिले कम्पनीमा काम बढेकोले न ब्लगमा समय दिन सकिन्छ न २४ घण्टे ईन्टरनेटको सहि उपयोग गर्न सकिन्छ ।

अब त मेरो लागी कोरियामा भात सकिए जस्तो छ । तीन वर्षको भिषा यहि आउँदो २७ जनवरीमा सकिन्छ त्यस पछि सायद घरतिरको बाटो तत्ताउनु पर्ला जस्तो छ । तै पनि विचार गर्दै छु । नेपालमा अझै केहि गरिखान सकिने अवस्था भैसकेको छैन । दिन-दिनै चक्का-जाम र नेपाल बन्दको चलनलें अझ प्रगति गर्दै छ । “शान्ति कुन चराको नाम हो ?” अझै थाहा छैन ।कहिले माओवादी बहुलाउने कहिले सात दलका नेताहरु त कहिले राजा…. अझ कहिले त सबै बहुलाउन थाल्छन् र पो मर्नु भा’छ नेपाली जनतालाई । सानो तिनो कुरामा देशनै बन्द गर्नु पर्छ, टायर नबाली हुन्न ? हुँदा- हुँदा विश्व खुसीले हर्षित हुने बेलामा पनि नेपाल बन्द रे !! वाह ! वाह !! प्रचण्ड जय होस् , हो यसरीनै बनाउछौ तिमीले नेपाललाई सिंगापुर ………

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/12/21/p-332/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users