Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

December 26, 2006

बुद्घको नाम बदनाम नहोस्


तपस्वी रामबहादुर बमजन दस महिनापछि महेन्द्र राजमार्गको निजगढ-पतलैया खण्डको आठकिलो भन्ने ठाउँबाट ५ किलोमिटर उत्तर जंगलमा धारिलो तरबार सहित सिकारीहरूले तपस्यारत अवस्थामा फेला पारेका छन् । पुष्ट शरीर, लामो कपाल भएका बमजन यसपटक मिजासिलो रूपमा देखिएका छन् र तरबार बारेको सञ्चारकर्मी र सर्वसाधारणको जिज्ञासालाई विनम्रता पूर्वशान्त पारेका थिए । तपस्या स्थलमा कोलाहल हुन नदिन र अनुयायीहरूलाई १०/१५ हात परबाट दर्शन गर्न र त्यहाँदेखि ५ किमी पश्चिमस्थित ऐतिहासिक हलखोरीया दह छेउ बस्ने इच्छा उनले व्यक्त गरेका छन् । अझै अन्न नखाएको र जंगली जडिबुटी मात्र खाई बारा, पर्सा र रौतहटको जंगलमा तपस्या गरिरहेको पनि बताए ।
कान्तिपुर दैनिक

०६२ जेठ ३ गतेदेखि निराहार तपस्यारत बमजन अशान्त वातावरण भएको भन्दै ६ वर्षपछि आफू शान्ति लिएर पुनः र्फकने बताउदै फागनु २७ गते एकाएक गायब हुन्छन् तर ६ वर्ष त होईन तर लगभग दस महिना पछि फेरी चारकोसे झाडीमा तरबार सहित देखा पर्छन् । एकाएक जादु-मन्तर गरेझैं सबैको अगाडी गायब भएका थिएनन् उनि सबैलाई थाहा भएको हो, राती गायब भएका थिए/ भागेका थिए …. जे भनें पनि हुन्छ , फेरी ध्यान स्थलमा होहल्ला भएको भनेर गायब भएका थिए भनें फेरी त्यही स्थलमा (पहिलेको भन्दा ३ कि.मी. उत्तरमा)मा भेटिनु , अझ तरबार सहित, शंकाको विषय छ । गौतम बुद्घको पाईलामा अघि बढेका बमजनको साथमा तरबार भेटिनु अलि हजम भएन । ‘लिटिल बुद्घ’को नामले संसार भरि चर्चामा आएका बमजनको असली रुप त पछि थाहा भैहाल्छ । हामीलाई के को टाउको दुखाई , मनले जे सोचेपनि हुन्छ । सोच्नु पर्ने ठाँउपनि छ नि , नेपालको इज्जतको कुरा हो , भोलि बुद्घको नाम बदनाम भयोभनें , होईन र ?

Comments »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2006/12/26/p-334/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users