Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

January 22, 2007

विवाहित पुरुष

Filed under: कविता

दुई पटरीको बिचमा फंसेको छ जवान

दुई पटरीको बिचमा फंसेको छ जवान,
सासु- बुहारीको गृह- युद्घमा शहिद भएको छ जवान,

जसले जन्मायो,
हुर्कायो, जवान बनायो,
सबैकुरा बुझ्न सक्ने
यस लायकको बनायो,
जसको काँखमा खेलेर
आफ्नो आधा जिवन बितायो,

के भयो आज यदि ममताको मोल आफ्नो माग्यो त !?

जिवन साथी बनायौ जसलाई,
जो सँग आधा जिवन बिताउनु छ,
आफ्नो खुशिहरु,
आफ्नो दु:खको क्षण,
आफ्नो सपनाहरु साकार गर्नु छ,
गरेका ति वाचाहरु,
जसलाई मिलेर पुरा गर्नु छ ।

के भयो उसले आज आफ्नो अधिकार माग्यो त !? (more…)

January 10, 2007

राम्रो ब्लगरको गुणहरु

ब्लग, ब्लगिङ र ब्लगर …..वास्तवमा यि शब्दहरु मैले नेपालमा छँदा पढेको त के सुनेको पनि थिएन । शुरुमा यि शब्दहरु मेरो लागि केहि अप्ठ्‍यारो र अनजान थिए तर हाल साधारण भएको छ । मेरो ब्लगिङ यात्रा त तपाईहरुलाई थाहा नै छ । ब्लगिङको बारेमा कुरा गर्नु पर्दा मेरो पुरानो अनुभव त हुने कुरै आएन, जे मनमा आयो लेखिदिन्छु । केहि राम्रो लाग्यो, अनौठो लाग्यो त्यो म यस ब्लगमा राखिदिन्छु । कम्प्युटरको बारेमा कम ज्ञान, कम शिक्षा, टाइपिङ् स्पिड पनि कम …. अरु धेरैं कमजोरी हुँदा हुँदै पनि केहि सिक्दैं ब्लगिङ गर्दै छु ।

ब्लगिङ गर्दै जाँदा म बल्गसम, ब्लगस्पट, ब्लगर र माइस्पेसका विभिन्न ब्लगहरु पनि पढ्ने गर्छु र ति ब्लगहरुबाट केहि सिक्ने र राम्रो ब्लग पाए भनें यसमा पस्कने पनि गर्दछु । त्यस्तै आज यहाँ मैले एउटा ब्लग भेटे जसमा एउटा राम्रो ब्लगरमा हुनुपर्ने गुणहरु लेखिएको थियो, मलाइ राम्रो लाग्यो र त्यसलाई नेपालीमा अनुवाद गरि प्रस्तुत गर्दै छु ।

* एउटा राम्रो ब्लगरलें आफ्नो पाठकहरुको इज्जत गर्नुपर्छ, उसले पाठकहरुको प्रतिक्रियाहरुको उत्तर दिनुको साथै पाठकहरु सँग गरेको वाचा पुरा गर्नुपर्छ र वाचा पुरा गर्नु नसकेमा कारण खुलाउनु पर्छ ।

* एउटा ब्लगरले आफ्नो ब्लग लेख्‍ने बेलामा पहिलो वाक्यमै पाठकहरुको मन जित्‍ने खालको कुराहरु लेखि बाँकि पनि पढौ-पढौ लाग्ने खालको बनाउनु पर्छ । शुरुमैं , ‘ म धेरै दिन देखि व्यस्त थिए, ब्लग लेख्नलाई केहि विषय थिएन वा केहि लेख्‍न आएन, जाँगर लागेन ।’ यस्तो लेखे भने पढ्नेलाई पनि वाक्क लाग्न सक्छ ।

* राम्रो ब्लगरले सकेसम्म सरल शब्दहरु, स्पष्ट र सोझो व्याकरणको प्रयोग गर्नु पर्छ जसले गर्दा पाठकहरुलाई कुनै पनि कुराहरु बुझ्नलाई अप्ठ्यारो नहोस् ।

* एउटा राम्रो ब्लगरले स्वच्छ हृदयलें प्रत्येक ब्लगको लिंकलाई आफ्नो ब्लगमा स्थान दिनु पर्छ, चाहे उक्त ब्लग आँफु भन्दा सानो वा ठुलो, नयाँ वा पुरानो होस् ।

* राम्रो ब्लगरले नयाँ पुस्तक पढ्नुको साथैं , नयाँ कुरा सिक्ने-सिकाउनलाई हमेशा तैयार हुनुपर्छ ।

* एउटा राम्रो ब्लगरले सधै ब्लग समुहको सदस्य सम्झेर एक-अर्कालाई सहयोग गर्नुको साथैं नयाँ ब्लगरहरुलाई स्वागत गरि उत्साह बढाउने र ब्लगिङको तरिकाहरु आँफुले जानेको सिकाउनु पर्छ ।

यो त भयो मैले एउटा राम्रो ब्लगरमा हुनुपर्ने गुणको बारेमा नेपालीमा अनुवाद गरेको सानो लिस्ट, तर यि बाहेक पनि अन्य गुणहरु पनि होलान् , तपाईहरुले जानेको, मैले नजानेको वा यसमा उल्लेख नगरेको, त्यसैले कृपया केहि छ भनें वा थाहा भएमा मलाई भनि दिनु हुन्छ कि ? धन्यवाद !!

January 7, 2007

रात आउन बाँकी छ अझै

Filed under: कविता

दिन बिती सक्यो
रात आउन अझै बाँकी नै छ
दिउँसो देखेको थिए उनलाई
यहि गल्लीमा आउदै थिईन
नशालु नजर झुकाउदै
रेशमी कपाल लहराउदैं
बारुली कम्मर मर्काउदै
बोलाउछ कि भन्ने भावना बनाउदै

तर…
कथा सकिएको छैन अझै
मलाई थाहा छ
आँखा चिम्लिन् साथ
फेरी चुपचाप बिना आहतमा
सपनीमा आउँछिन् उनि
हाम्रो मिलन हुनलाई
मन मेरो पनि आतुर छ
उनको त्यो नशालु नयनमा
डुब्न बाँकि नै छ
अझै रात आउन बाँकी नै छ ।

गाँउ घर

Filed under: अन्‍य

“गाँउका सानो रुखहरु ठुलो भएको रहेछ, ठुला रुखहरु हराईसकेका रहेछन्, सधैं संगितमय हुने तल्लो रानीवनको नाम तारेभिर भएछ, माथिल्लो रानीवन अहिले गाईचरण भएको रहेछ। गा.वि.स भवनमा जंगलको’ले आगो तापेका रहेछन्, सात वर्ष अगाडी गाँउ ल्याइएको बिजुलीको पोल अहिले बिजुली नजोडे पनि तार ताङ्गिएको रहेछ । म सँगैको साथी दुई वर्ष अगाडी भन्सारमा हाकिम भई अहिले पच्चिस लाखको घर खडा गरेछ । हिजो एउटा हातले सिंगान पोछ्दै अर्को हातले जाङ्गे समाउदै दौड्ने कान्छा छोराको बाँउ भएछ । जंगल जानु भन्दा झाँडु लागाउछु भनि सबै विदेश पलायन भएछन्, गाँउको बुढापाकालाई स्वच्छ हावा भन्दा शहरको दुषित वातावरणनै प्यारो लाग्न थालेछ। गाँउबाट लखेटेर फेरी शहरबाट पनि धपाउने बिचार गर्दैछन् अरे! हप्‍तामा दुई दिन चक्का जाम नियम जस्तै भा’ छ रे ! महिनामा एक दिन नेपाल बन्द नभए उनिहरुको खाना पच्दैन अरे! चोरी डकैती, लुट-पात, हत्या र बलत्कार जस्तो काम बढ्दै गएको छ । एकले अर्काको खुट्टा तान्ने जस्तो राम्रो बानी सबैले सिक्दै गएको पनि आभाष हुन् थालेछ , देशविकासको नाउमा भकारी भर्ने बानी गएको रहेनछ । दस वर्षसम्म ठप्प भएको देशको स्थिती अझै उस्तै छ । ”

पाँच वर्षको प्रवासी जिवन सकाएर एक महिना अगाडी नेपाल पुगेको मेरो साथीलें ‘ के छ त गाँउको हालखबर …? कस्तो भएको छ हाम्रो गाँउ ? ‘ भनि सोध्दा यस्तो माथिको उत्तर दिएको थियो । (more…)

January 4, 2007

shy girl

Filed under: अन्‍य

Touch wherever you want , she will re-act with a sweet voice~~


January 1, 2007

Happy New Year

Filed under: अन्‍य

Sorry !! This picture isn’t upload.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users