Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

January 10, 2007

राम्रो ब्लगरको गुणहरु

ब्लग, ब्लगिङ र ब्लगर …..वास्तवमा यि शब्दहरु मैले नेपालमा छँदा पढेको त के सुनेको पनि थिएन । शुरुमा यि शब्दहरु मेरो लागि केहि अप्ठ्‍यारो र अनजान थिए तर हाल साधारण भएको छ । मेरो ब्लगिङ यात्रा त तपाईहरुलाई थाहा नै छ । ब्लगिङको बारेमा कुरा गर्नु पर्दा मेरो पुरानो अनुभव त हुने कुरै आएन, जे मनमा आयो लेखिदिन्छु । केहि राम्रो लाग्यो, अनौठो लाग्यो त्यो म यस ब्लगमा राखिदिन्छु । कम्प्युटरको बारेमा कम ज्ञान, कम शिक्षा, टाइपिङ् स्पिड पनि कम …. अरु धेरैं कमजोरी हुँदा हुँदै पनि केहि सिक्दैं ब्लगिङ गर्दै छु ।

ब्लगिङ गर्दै जाँदा म बल्गसम, ब्लगस्पट, ब्लगर र माइस्पेसका विभिन्न ब्लगहरु पनि पढ्ने गर्छु र ति ब्लगहरुबाट केहि सिक्ने र राम्रो ब्लग पाए भनें यसमा पस्कने पनि गर्दछु । त्यस्तै आज यहाँ मैले एउटा ब्लग भेटे जसमा एउटा राम्रो ब्लगरमा हुनुपर्ने गुणहरु लेखिएको थियो, मलाइ राम्रो लाग्यो र त्यसलाई नेपालीमा अनुवाद गरि प्रस्तुत गर्दै छु ।

* एउटा राम्रो ब्लगरलें आफ्नो पाठकहरुको इज्जत गर्नुपर्छ, उसले पाठकहरुको प्रतिक्रियाहरुको उत्तर दिनुको साथै पाठकहरु सँग गरेको वाचा पुरा गर्नुपर्छ र वाचा पुरा गर्नु नसकेमा कारण खुलाउनु पर्छ ।

* एउटा ब्लगरले आफ्नो ब्लग लेख्‍ने बेलामा पहिलो वाक्यमै पाठकहरुको मन जित्‍ने खालको कुराहरु लेखि बाँकि पनि पढौ-पढौ लाग्ने खालको बनाउनु पर्छ । शुरुमैं , ‘ म धेरै दिन देखि व्यस्त थिए, ब्लग लेख्नलाई केहि विषय थिएन वा केहि लेख्‍न आएन, जाँगर लागेन ।’ यस्तो लेखे भने पढ्नेलाई पनि वाक्क लाग्न सक्छ ।

* राम्रो ब्लगरले सकेसम्म सरल शब्दहरु, स्पष्ट र सोझो व्याकरणको प्रयोग गर्नु पर्छ जसले गर्दा पाठकहरुलाई कुनै पनि कुराहरु बुझ्नलाई अप्ठ्यारो नहोस् ।

* एउटा राम्रो ब्लगरले स्वच्छ हृदयलें प्रत्येक ब्लगको लिंकलाई आफ्नो ब्लगमा स्थान दिनु पर्छ, चाहे उक्त ब्लग आँफु भन्दा सानो वा ठुलो, नयाँ वा पुरानो होस् ।

* राम्रो ब्लगरले नयाँ पुस्तक पढ्नुको साथैं , नयाँ कुरा सिक्ने-सिकाउनलाई हमेशा तैयार हुनुपर्छ ।

* एउटा राम्रो ब्लगरले सधै ब्लग समुहको सदस्य सम्झेर एक-अर्कालाई सहयोग गर्नुको साथैं नयाँ ब्लगरहरुलाई स्वागत गरि उत्साह बढाउने र ब्लगिङको तरिकाहरु आँफुले जानेको सिकाउनु पर्छ ।

यो त भयो मैले एउटा राम्रो ब्लगरमा हुनुपर्ने गुणको बारेमा नेपालीमा अनुवाद गरेको सानो लिस्ट, तर यि बाहेक पनि अन्य गुणहरु पनि होलान् , तपाईहरुले जानेको, मैले नजानेको वा यसमा उल्लेख नगरेको, त्यसैले कृपया केहि छ भनें वा थाहा भएमा मलाई भनि दिनु हुन्छ कि ? धन्यवाद !!

1 Comment »

The URI to TrackBack this entry is: http://meronepal.blogsome.com/2007/01/10/p-338/trackback/

  1. Dherai dhanaybat chha. Tapaile bolge kasto hunuprchha bahner Nepalima bhanidinu bhayo. Ma dherai bikat tham bat aayoko chhu ani net chalauna sikdia pani chhu ra ahile kamko khojima qararma chhu ra yo bolge kobarema malai ramri thaha chhina yo kasari kholna sakin chah? k hajurle malai k hi help garnasaknu hucnhahh?
    rainagesh2009@gmail.com

    Comment by Nagesh Rai — December 23, 2008 @ 5:09 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users